कञ्चनपुर,
२४ भदौँ (मंगलबार) जेनजी समुहका आन्दोलनकारीले कञ्चनपुरमा तत्तकालिन गृहमन्त्री रमेश लेखकका दुवै घर जलाएपछि आन्दोलन तत्तकालिन सत्ताधारी काँग्रेस, एमाले नेताका घरतर्फ मोडियो ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगर हुलाक नजिकै रहेको एमाले पोलिट्ब्यूरो सदस्य एव पुर्व सांसद निरुदेवी पालको व्यवसायिक घरमा तोडफोड, लुटपाट एव आगजनीपछि एक हुल आन्दोलनकारी छेउमै गल्ली १ मा रहेको काँग्रेस नेता एव बेदकोट नगरका मेयर भोजराज बोहराको घर तर्फ मोडियो ।
पहिलोदेखि चौथो पटकसम्म मेयर बोहराकोे घर पुगेका आन्दोलनकारीले मेयर बोहरा सादगी नेता हुन, उनी मेयर भएको ३ वर्ष मात्रै पूरा भएको छ । केही गल्ती र भ्रष्टाचार पनि गरेकोे छैन, यो घरमा केही गर्नु हुन्न भन्ने भिडको आवाज थियो । भिडसंगै आएका केहीले बोहराको घरमा ढुङगा प्रहार गरे, हिडे । तर पाँचौ पटक आएको हुलले सटर तोडेर भित्रै परे लुटपाट, तोडफोड एव आगजनीमा उत्रियो । बजारमा आन्दोलन चर्किएका बेला मेयर बोहरा घरमै थिए । उनले आन्दोलन नियालिरहेका थिए । उनी ढुक्क थिए, राज्यसगको लडाईमा किन व्यक्तिको घरमा जाईलाग्लान भन्ने थियो, तर मेयर बोहराले कल्पना गरेभन्दा आन्दोलन पृथक हिन्सात्मक बन्दै गयो । घरमा तोडफोड, आगजनी, लुटपाट हुन थालेपछि पछाडीबाट मोटरसाईकल लिएर मेयर सुरक्षित स्थानतर्फ गए । उतिबेलासम्म मेयरकी धर्मपत्नीले भित्रै पसेर लुटपाट, तोडफोड एव आगजनीमा उत्रिएका मान्छेहरुसंग हारगुहार, अनुनय विनय गर्दै गरिन तर, त्यो भिडले केही सुनेन ।
मेयर बोहरा नेवि संघबाट राजनीतिमा होमिएका थिए । खानदानी जिमदार भएपनि उनी लोकतन्त्र, प्रजातन्त्रका लागि भन्दै अध्ययनकै क्रममा राजनीतिमा होमिएका थिए । ०६२ वर्षको उमेरसम्म आईपुग्दा मेयरको ०३६ सालकोे जनमत संग्रह, ०४६ सालकोे आन्दोलन, ०५२ देखि ०६२ सम्म जनयुद्ध, १९ माघ ०६१मा तत्तकालिन राजा ज्ञानेन्द्र शाहले ‘कु’काण्ड, ०६२÷०६३ को दोस्रो जनआन्दोलन सहितका थुप्रै राजनीतिक संघर्षमा होमिनुका साथै अप्रत्यक्ष नियाले ।
एमबिए उर्तिण गरेपछि नेपाल कर्मस क्याम्पसमा अध्यापन गरेका बोहरा घर फर्किएपछि ०५२ मा पाटीको महासमिति सदस्य, ०५४ मा पुर्नस्थापित तरुण दलका केन्द्रीय सदस्य, ०५७ देखि ०७२ सम्म लगातार तीन पटक काँग्रेस कञ्चनपुरको पाटी सचिव भएका बोहरा त्यसपछि ०७३÷०७४ मा महाकाली अस्पतालको अध्यक्ष भए, उतिबेला बेदकोट नगरको मेयरको टिकट पाएपछि अधुरै कायकाल छाडेर चुनावमा होमिए, पहिलो पटक चुनाव हारेपछि फेरी पाटीले ०७९ मा उनै बोहरालाई मेयरमा अघि सारे, जिते पनि नगरको दीगो विकास निर्माणका योजना अघि बढाईरहेका बेला जेनजी आन्दोलनको मौका छोपेर आफ्नो बिरोधी पक्षले घर विध्वङस पारिदिएको मेयर बोहराको दुखेसो छ । ‘मेरो राजनीतिक जिवनमा देशमा कस्ता कस्ता राजनीतिक संकट थिए, उतिबेलाको राजनीति व्यक्ति लक्षित भन्दा राज्य लक्षित थियो, ‘उनले भने, ‘जेनजी आन्दोलनले मेरो स्व. बाबु धर्मराज बोहराले बनाईदिएको घरमा क्षतविच्छेद पारिदिए ।’
०१९ सालमा ब्रह्देब बजार विस्तारका क्रममा बाबुले खरिद गरेको यो ठाँउमा बाबुले नै पहिलो तलोको घर बनाईदिएको र परिवारसंख्या बढ्दै गएकाले जमिन बेचेर तला थपेको थिए । त्यहीपनि आन्दोलनकारीले तहसनहस बनाईदिएको उनको दुखेसो छ ।
पहिलो पटक राजनीतिक पदमा गएका मेयर बोहराले आफुले देश जनताका लागि केही प्रणकै साथ रातदिन खटिएकै बेला घरमा अन्याय भएको दुखेसो पोखेका छन । ‘घरभित्रै पसेका आन्दोलनकारी समुहले केही बाँकी राखेका छैनन, ‘शरिरमा रहेका कपडा बाहेक सबै लुटपाट गरिदिए ।’ बोहराको घरको पहिलो तला भाडामा लिएर एक सिलाई सेन्टरका संचालक विस्थापित भएका छन । न्यू रोयल टेलरिङ्ग ब्राण्डका कच्चा एव तयारी पोषाक, मेसिन सहितका समान चलाउनुका साथै लुटपाट गरेपछि पसलधनी विचल्लीमा परेका छन । विच बजारमा रहेको मेयर बोहराको घरमा आगजनी गरेर सिङ्गो महेन्द्रनगर बजार जलाएर खरानी बनाउने केही विध्वङसकारीको सपना भीमदत्त नगरपालिकाले दमकल पठाएर बजारभरी आगो सल्किनबाट जोगाएको स्थानीयको भनाई छ ।