सुनिल राना, असोज ३
आज संविधान दिवस हो । ०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको थियो । नयाँ सविधान जारी भएको आज १० बर्ष पुरा भएको छ । गत विगतका बर्षहरुमा संविधान दिवस भव्य रुपमा मनाईदै आएको थियो, यस बर्ष जेनजी आन्दोलनले दिवस समान्य रुपमा मनाईने भएको छ ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट ०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ
कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर दिवस मनाईन लागिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले देशको विषय परिस्थितिलाई मध्य नजर गर्दैै बिरामीलाई फलफुल वितरण, छलफलदेखि दिप प्रज्वलन गरेर मनाईने बताए । जिल्लाभरीका पालिका सहितका सरकारी निकाय दल, पक्ष नागरिक समाजले दिप प्रज्वलनदेखिका कार्यक्रम गरेर मनाईनेछ ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक जिल्लाका सबै पालिकामा संविधान दिवस रचनात्मक रुपमा मनाउने बताए । उनका अनुसार अन्तरकृया, दिप प्रज्वलनदेखिका कार्यक्रम गरेर मनाईन लागिएको छ ।
नेकपा एमाले उपाध्यक्ष जनकराज अवस्थीले अन्तरकृया र साँझ ९वटै पालिकाले दिप प्रज्वलन कार्यक्रम गर्ने बताए । नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहले दिप प्रज्वलन सहित सरकारी कार्यक्रममा सहभागि हुने बताए । रास्वपा कञ्चनपुरका नेता अम्बादत्त जोशीले दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको बताए । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले पनि संविधान कार्यान्वयन शुभकामना आदान प्रदान सहित दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको बताए ।
संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । नागरिकले भने, संविधान अनुरुप दल, कर्मचारीले सार्वजनिक निकाय कार्यालयबाट सेवा सुविधामा जोडदिएका छन ।