भास्कर केसी,

सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका डिन एव विभागिय प्रमुखमा प्राध्यापकहरुलाई नियुक्त दिएको छ । सुदूरपश्चिम विश्वविद्यालयले हालै रिक्त रहेका डिन एव विभागिय प्रमुखमा प्राध्यापकहरुलाई नियुक्त जिम्मेबारी दिएको हो ।

केन्द्रीय कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत नविन बमका अनुसार खुला प्रतिस्पर्धाद्वारा आब्हान गरिएको सुचना अनुरुप डिन सहितका विभागिय प्रमुखको जिम्मेबारी दिएको बताए । अधिकृत बमका अनुसार प्राडा पदमराज जोशी डीन व्यवस्थापन सङ्काय, डा. प्रेम सिह साउँद डीन विज्ञान तथा प्रविधि सङ्काय विभाग प्रमुखमा मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागमा वीर बहादुर सिह(ठकुरी), शिक्षाशास्त्र केन्द्रीय विभागमा डा मदन सिह देउपा, व्यवस्थापन केन्द्रीय विभागमा डा. दिपेन्द्र बहादुर चन्द, सामान्य विज्ञान केन्द्रीय विभागमा यज्ञराज जोशी, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागमा कर्णदेव भट्ट, स्कुल अफ ईन्जिनियरिङको स्कुल प्रमुखमा ई तोरण प्रसाद भट्ट, स्कुल अफ नेचुरल रिसोर्स म्यानेजमेन्टको प्रमुखमा सिद्धराज पन्त र स्कुल अफ एग्रिकल्चरमा सञ्जय राउत खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका छन । विभागिय प्रमुख र डिनको जिम्मेबारी पाएका प्राध्यापकहरुले सुपविको गरिमादेखि शैक्षिक सुधारमा प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस