डिल्लीराज पन्त
कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ऐना जडान गरेको छ । भीमदत्त नगरपालिका १७ नम्बर वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ऐना जडान गरेको हो ।
वडाअध्यक्ष पदम बुडाले पैदल, साईकल,मोटरसाईकलदेखि ठुला साना सबै सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको सुरक्षाका लागि विभिन्न चोक भिडभाँड हुने क्षेत्रमा ऐना जडान गरेको बताए । उनका अनुसार ८ ऐना जडान गरिएका छन । वडाध्यक्ष बुडाले संविधान दिवसको अवसरमा ऐना जडान गरिएको बताए । ऐना जडानसंगै वडाबासी सहितका यात्रु सुुरक्षित हुने अपेक्षा गरिएकोछ ।
प्रतिक्रिया दिनुस