कञ्चनपुर,

कञ्चनपुरमा पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरेको अन्तरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

भीमदत्त नगरपालिका १४बनकट्टी शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक समेत रहेका नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष उत्तम विष्टले प्रतियोगितामा भीमदत्त नगरपालिका प्रथम भएको बताए । उनका अनुसार बेलडाँडी गाँउपालिका दोस्रो, बेलौरी नगरपालिका तेस्रो, दोधाराचाँदनी नगरपालिका सान्त्वना स्थानमा आएको छ ।

बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, लालझाडी नगर तथा गाँउपालिका सहभागिता भएका छन । विजेता पालिकाहरुलाई क्रमश नगद ६, ५, ४, १ र सहभागितालाई पनि १ हजार नगद सहित पुरस्कार प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीको अध्यक्षतामा भएको बकार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आथित्यमा भएको कार्यक्रममा सरोकारवाला सहित निजी सरकारी विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस