केशव थापा÷आदित्य जोशी

कञ्चनपुरका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ होली खेलेर संकलन भएको कोषबाट मुटुरोगसंग लडिरहेका पत्रकार डम्मराज भट्टलाई उपचार खर्च दिईएको छ । होली खेलेर संकलन भएको रकम मध्ये मुटुरोगसंग लडिरहेका पत्रकार भट्टलाई उपचार खर्च दिएको हो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, पत्रकार धर्मराज कठायत, राजेन्द्र विष्ट, मदन गिरी, धन बहादुर बोहरा, धनसिह धामी, पहिलाद राना सहितका पत्रकारहरुको सुझाव अनुरुप हाम्स अस्पताल काठमाण्डौँमा उपचारार्थ मिरमिरे अनलाईनका पत्रकार एव कञ्चनपुर पत्रकार महासंघका निर्वतमान साधारण सदस्य भट्टलाई नगद १० हजार आर्थिक सहयोग गरिएको हो । यस अघि पत्रकार सुजित सिनाल, डिल्लीराज पन्त, माधव पौडेल,कृष्णदत्त जोशीलाई आर्थिक सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुस