केशव थापा

कञ्चनपुर,

कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर दिल्ली रुटमा यातायात सेवा स्तरबृद्धि गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी साधन प्रदुषण रहित योजना ल्याएपछि त्यसै अनुरुप नेपाली यातायात कम्पनी पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले स्तरबृद्धि गरेको हो ।

सोमबारदेखि प्रदुषण रहित आधुनिक बस सेवा संचालन गरेको जनाएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश बोहराले नेपाल भारतमैत्री बस सेवा अन्र्तरगत यस अघिदेखि संचालन हुँदै आएको बसको स्तरबृद्धि गरेको बताए । झण्डै १ करोड ३० लाख मुल्य पर्ने उक्त आधुनिक बस स्तरिय रहेको छ ।

अध्यक्ष बोहराका अनुसार दैनिक पवनदुतको एक बस छुट्दै आएको छ । उनले जाँचपास, ब्लुबुक, रुटपरमिट संस्थाले नै बेहोर्दै आएको बताए । सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले दैनिक महेन्द्रनगर टु दिल्ली रात्रीकालिक बस सेवा नियमित भईरहेको बताए । कार्यालय प्रमुख भट्ट सहितका कर्मचारी, समितिका पदाधिकारी सदस्य सुरक्षित यात्राका लागि फिल्डमै खटिएका छन ।

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्तले बसको उद्घाटन गर्दै यात्रुलाई मिठाई वितरण गरेको सुरक्षित यात्राको कामना गरेका छन । स्तरिय बसमा यात्रा गर्न पाएपछि रोजगारी, अध्ययन, व्यवसायिक एव समाजिक कामका लागि दिल्ली जाने वा दिल्लीबाट महेन्द्रनगर आउने यात्रुलाई सुविधा भएको छ ।

प्रतिक्रिया दिनुस