खडक कोली,
नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले जेनजी बिद्रोह, वर्तमान परिवेस, निकास र नेकपाकोे दृष्टीकोणका विषयमा अन्तरकृया गरेको छ । सोमबार महेन्द्रनगरमा नेकपा कञ्चनपुरले जेनजी बिद्रोह, वर्तमान परिवेस, निकास र नेकपाकोे दृष्टीकोणका विषयमा अन्तरकृया गरेको हो । नेकपा विप्लव जिल्ला इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले अन्तरकृयामा कार्यपत्र प्रस्तुत गर्दै जेनजी आन्दोलनपछि देशको दीर्घकालिन निकासदेखि पाटीसंग मिसन,भिजन भएको बताए । उनले १२ बर्ष अघि मात्रै जेनजी आन्दोलन जस्तै पाटीले गरेको बेथिति बिरुद्धको बिद्रोहमा १४नेकपाका जेनजीले साहदत प्राप्त गरेको बताउँदै त्यस अघि पनि जनयुद्धदेखिका थुप्रै नेपालको परिर्वतनमा जेनजीले नै ज्यान गुमाएको बताए । उनले जेनजी बिद्रोहको कारण, उदेश्य, अन्तरिम सरकारपछि बिद्रोहको असफलता, आवश्यकता विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा सुप प्रदेश इन्चार्ज भरत बम, नेकपा माओवादी केन्द्रका नेता पदमराज जोशी, शिक्षक बुद्धिजिवी प्रजापती नेगी, समाजसेवी लिलाध्वज बस्नेत, अखिल समाजवादी विद्यार्थी नेता प्रकास जप्रेल सहिता राजनीतिक, समाजिक, शैक्षिक क्षेत्रका व्यक्तिहरुले धारणा राखेका थिए ।