धनसिह धामी

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको छ । भीमदत्त नगरपालिका महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको हो । जिप्रका रोड क्षेत्रमा रहेको भृकुटी माध्यामिक विद्यालयको व्यवसायिक भवनमा देवताल एजुकेशन रिचर्स सेन्टर संचालनमा आएको जनाएको छ ।

देवताल एजुकेशन रिसर्च सेन्टरका सल्लाहकार बिक्रम चन्दले यस क्षेत्रका विद्यार्थी, स्वदेशमै रोजगारी गर्न चाहने युवा, युवतीहरुलाई लक्षित गरेर रिसर्च संचालनमा ल्याएको बताए । उनका अनुसार पढने प्रबल ईच्छा भएका विद्यार्थीलाई लोकसेवाका कक्षादेखिका विदेशमा पढन चाहनेलाई कक्षा संचालन गरिने बताए ।

‘पढ्ने तथा स्वदेशमै रोजगारीका लागि भविष्य खोज्नेहरुलाई पनि हामीहरुले निःशुल्क कक्षा संचालन गछौँ, ‘उनले भने, ‘निजामती, शिक्षक, सुरक्षा निकाय, संस्थान सहितका कम्पनीका लागि समेत तयारी कक्षा संचालन गछौँ ।’

बुक बिक्र गरेर ५ प्रतिशत रकम अनाथालयमा पनि खर्च गरिनेछ । साथै एनआरएनले संचालन गरेको यूरो एसिया करियर एण्ड एजुकेशन फाउण्डेशन मार्फत समेत युरोपका देशहरुमा अध्ययन तथा रोजगारीका लागि पठाईनेछ । देवताल एजुकेशन रिसर्च सेन्टरका संचालक देव बहादुर पालले विद्यार्थीकोे स्वदेश तथा विदेशमा भविष्यका लागि रिसर्च सेन्टर संचालनमा ल्याएको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुस