बेलडाँडी । बेलडाँडीका मेहनती युवा किशन रानाले आफ्नो लगनशीलता र परिश्रमको प्रतिफलस्वरूप नयाँ रिसोर्ट सञ्चालनमा ल्याएका छन् । बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारदेखि करिब ३ सय मिटर दूरीमा रहेको शान्त र रमणीय स्थल “आउट अफ जोन रिसोर्ट” आज शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

रिसोर्टको औपचारिक उद्घाटन बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष नारद सिंह उर्‍यालले रिबन काटेर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बेलडाँडीका अन्य वडाध्यक्ष, स्थानीय व्यापारी, समाजसेवी तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

बजारको कोलाहलभन्दा टाढा, हरियाली र माछापोखरी सहित शान्त वातावरणमा निर्माण गरिएको यस रिसोर्टले स्थानीयदेखि आसपासका ग्राहकलाई लक्षित गरेको छ । सञ्चालक रानाका अनुसार ग्राहकहरूको रोजाइलाई ध्यानमा राख्दै पेयपदार्थ, माछाका विशेष परिकार, रोष्ट, लोकल कुखुरा र बंगुरको मासुका स्वादिला परिकारहरू सहित अर्डरअनुसार खाना–नास्ताको सुविधा उपलब्ध गराइएको छ ।

“हालका ग्राहकहरू बजारको भिडभाडभन्दा टाढा, शान्त र रमाइलो वातावरण खोज्छन् । त्यसलाई मध्यनजर गर्दै चवन्नी खल्ला क्षेत्रमा यो रिसोर्ट सञ्चालनमा ल्याएको हुँ,” सञ्चालक रानाले बताउनुभयो ।

रिसोर्ट सञ्चालनसँगै यसले स्थानिय व्यवसायलाई समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । यसले बेलडाँडीमा पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको खपत तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास सञ्चालक राना व्यक्त गर्नुहुन्छ ।

स्थानिय युवाको अथक मेहनतमा सुरु भएको यस रिसोर्टले बेलडाँडीको आतिथ्य संस्कृति, स्वाद र वातावरणलाई थप परिचित गराउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुस