सुनिल राना, असोज १२
कञ्चनपुरकोे महेन्द्रनगरमा हपुज तडका घुईयाघाटले होटल विस्तार गरेको छ । कैलालीको धनगढीमा लोकल कुखुरामा बजार जमाएको हपुज तडका घुईयाघाटले महेन्द्रनागरमा होटल विस्तार गरेको हो । हपुज तडका संचालक दिनेश रानाले धनगढीमा दुई शाखासंगै महेन्द्रनगरमा समेत भीमदत्त नगरपालिका ४महेन्द्रनगर भाँसीमा शाखा विस्तार गरेको बताए । उनले विभिन्न स्वाद परिकारका मासु सहित माछाकोे समेत मासु सेवा विस्तार हुनेछ । अर्का संचालक भुवन मल्लले धनगढी सहित महेन्द्रनगर क्षेत्रका ग्राहकको माग अनुरुप विस्तार गरेको बताए । आइतबारदेखि औपचारिक रुपमा होटलले सेवा विस्तार गरेको छ ।
प्रतिक्रिया दिनुस