नवलपरासी, पौष ५, नेकपा क्रान्तिकारी माआवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ नेपाल नवलपरासीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया गर्ने भएको छ ।
पुष ७ गते सोमवार परासीस्थित नेपाल पत्रकार महासंघको सभा हलमा कार्यक्रम हुने आयोजक क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष संजय तिवारीले बताउनुभयो ।
कार्यक्रममा जिल्लामा रहेका सबै संचारमाध्यम, पत्रकार एंव राजनैतिक दलका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि , मानव अधिकारवादी , नागरिक समाजका अगुवाबीच अन्तरक्रिया गरिने तिवारीले जानकारी दिए ।
अन्तरक्रियामा लिम्पियाधुरा –कालापानी –लिपुलेकमा भारतीय पक्षबाट गरिएको अतिक्रमण तथा सुस्ता क्षेत्रको अतिक्रमित भुमि फिर्ता र कालापानीमा भारतीय सेनाबारे सर्वपक्षीय बृहत छलफल समेत गरिने उनले बताए । बिगत देखि क्रान्तिकारी पत्रकार महासंघले श्रमजिवी पत्रकारकोृ हकहितकाृ वकालतका साथै जनपक्षीय पत्रकारिताका एंव राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा अभियान संचालन गर्दै आएको छ ।