कञ्चनपुर पौष ७ , बैतडीको पुरचौंडी नगरपालिका कुवाकोटका यूवा जन गायक विक्रम कुँवरले लिपुलेक हाम्रै हो गीत बजारमा ल्याएका छन । नेपालको भूमी कालापानी, लिम्पियाधुरा र लिपुलेक मिचेर भारतले नक्सा सार्वजनिक गरेकोमा देशभरी विरोध भईरहेका बेला बैतडीका जन गायकले लिपुलेक हाम्रै हो बोलको गीत बजारमा ल्याएका हुन । यूवा जन गायक विक्रम कुँवरको शब्द, संगीत र स्वर रहेको गीत बजारमा आएको हो ।

गीतमा गायक अंकित न्यौपाने र गायिका माण्डवी त्रिपाठीको पनि स्वर रहेको छ । देशको भूमी बचाउन सबै नेपाली एकजुट हुने सन्देश दिनका लागि आफूले सो गीत बजारमा ल्याएको कुँवरले बताउनुभयो ।

महान जनयुद्धका बेला जनकलाकारको रुपमा काम गरेका कुँवरले समाज परिवर्तनका गीत सिर्जना गर्ने गर्नुभएको छ । समाजमा रहेका विकृति हटाउने, देशप्रेमका गीतहरु आफूले रचना गर्ने र स्वर दिने गरेको कुँवरले हाम्रो कालापानी खवर डटकम लाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस