शुनिल राना

कञ्चनपुर, १६ पुष

कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा जिल्लाकी एक मात्रै महिला उद्यमी चुनावी मैदानमा उत्रिएकी छिन । संघको सदस्यका लागि महेन्द्रनगरकी महिला युवा उद्यमी सरिता भण्डारी(सिह) एक्लै चुनावी मैदानमा

उत्रिएकी हुन ।

वाणिज्य संघको आउँदो शनिबार(१९पुष)मा १८औँ कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । सघमा सबै पदहरु खुला छन । सरिता पनि खुला पदमै होमिएकी हुन । ६ पदाधिकारीहरुमा सर्वसम्मत भएसंगै महासचिवमा देखिएकी निर्मला भट्टले उम्मेदबारी नदिएको र खुला सदस्यमा उम्मेदवारी दर्ता गराएकी अर्की युवजा महिला उद्यमी पार्वती विष्टले फिर्ता लिएपछि सरिता अब एक्ली महिला उम्मेदवार भएकी हुन । डालिमा सपिङ्गकी संचालिका सरिता १७ बर्षदेखि निरन्तर व्यवसायमा जुटेकी छिन ।

कोषाध्यक्ष सहित सदस्य तर्फ सहमती नभएपछि चुनावी मैदानमा होमिएकी सरिता अहिले मतदाता भेट्दै संघमा महिला प्रतिनिधित्वका लागि छलफल गर्दै मतमागिरहेकी छिन ।

व्यवसायबाटै आत्मनिर्भर बनेकी सरिताले हरेक क्षेत्रमा महिलाको सहभागितासंघ संघमा गएर महिला उद्यमी प्रर्बद्धनदेखिका संघको संस्थागत बृद्धि विकासका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेकी छिन । ‘मलाई सबैले सहयोग गर्न हुन्छ भन्नेमा आशावादी छु, ‘उनले भनिन, ‘म एक्लै महिला उम्मेदवार हो, संघमा महिला सहभागिता पनि हुनु पर्छ, यसमा सबै मतदाता जागरुक छन ।’

पहिलो पटक संघमा नेतृत्व लिन जाहेकी सरिताले व्यापार उद्योग क्षेत्रमा समेत महिला उद्यमीको आकर्षण गराउँदै स्वदेशमै सम्भावना खोज्ने बताईन । संघमा देखिएका सबै उम्मेदवार पुरुष भएकाले जिल्लाका आम उद्योगी, व्यवसायीहरुले समेत एक मात्रै महिला उम्मेदबार भएकाले महिलाको प्रतिनिधित्वका साथै क्षमतावान सरितालाई समेत जिताउनुपर्ने धारणा अभिव्यक्त गरिरहेका छन । संघमा कोषाध्यक्षका लागि २ र ७ सदस्यका लागि १३जना उम्मेदवार चुनावी मैदानमा छन । कोषाध्यक्षमा रदिप पाल, सिद्धराज भट्ट सहित सदस्यमा सरिता भण्डारी सहितका उम्मेदवार चुनावी मैदानमा होमिएका हुन । यस अघि अध्यक्षमा दिनेश मल्ल, बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकास साउद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, महासचिव राहुल भट्ट, सचिव नरेन्द्र प्रशाद जोशी(एनपी) , संस्थागत सदस्य तर्फ गजेन्द्र बिक्रम थापा निर्बिरोध निर्वाचित भएका थिए । सदस्य तर्फ लोकराज भट्ट, गोबिन्द भट्ट, जगदिशचन्द्र भट्ट, हेमराज भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय,देवदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, हेमराज भट्ट, सञ्जय कुमार भट्ट चुनावी मैदानमा उत्रिएका छन । २ हजार २ सय २१ मतदाता रहेको संघमा कोषाध्यक्ष र ७ सदस्यमा कसले बाजी मार्ला भनेर आम उद्योगी, व्यवसायीको मनमा कौतुलहता जागेको छ ।

 

प्रतिक्रिया दिनुस