
कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा जिल्लाका एक युवा उद्यमी व्यवसायी समेत सदस्य पदको दौडमा छन । आउँदो शनिबार(१९ पुष)मा हुन लागेको वाणिज्य संघको १८औँ कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा संघको खुला सदस्य तर्फ युवा व्यवसायी लोकराज भट्ट समेत चुनावी मैदानमा उत्रिएका हुन ।
महेन्द्रनगर स्थित न्यू सहस्त्रलिङ्ग च्वाईस सेन्टरका संचालक समेत रहेका भट्ट पहिलो पटक सदस्यमा देखिएका छन । झण्डै दुई दशकदेखि व्यवसाय गर्दै आएका युवा व्यवसायी भट्टले संघको सदस्यमा दौडिएका हुन । भट्टले संघमा युवा व्यवसायको समेत सहभागिताका लागि भन्दै सदस्यमा आफुलाई अघि सारेका छन ।
सदस्य भट्टले साना व्यवसायीहरुको हकहितका साथै आम व्यवसायीहरुलाई समेत जोड्ने योजनाका साथ आफुले सदस्य पद रोजेको बताए । ‘हाम्रां जिल्लाभरीका साना व्यवसायी अझैपनि संघमा जोडिएका छैनन, ‘उनले भने, ‘कञ्चनपुरका साना व्यवसायीहरुको हकहितका लागि मैले काम गर्छु, त्यसकै लागि मैले उम्मेदवारी दिएको छु ।’
भट्टले जिल्लाभरी आफ्ना एजेण्डा लिएर जिल्लाव्यापी मत मागिरहेका छन । उनले साना व्यवसायीहरुको हकहितका साथै जिल्लाको संस्थागत बृद्धि विकासका लागि काम गर्ने प्रतिज्ञा गरेका छन । भट्टले यस पटक साना व्यवसायीहरुसंग अवसरको मौका दिन आग्रह गर्दै आम व्यवसायीहरुको दिएको विश्वास खेर जान नदिई कटिबद्ध भई काम गर्ने प्रतिज्ञा गरेका छन ।

