कञ्चनपुर, पुष १७
हात्तीबाट घाईते भएका भीमदत्त नगरपालिका १९बागफाँटा ४० बर्षिया छक्कु डगौराको घरमा उपप्रमुख निलम लेखक पुगेकी छिन ।
गयराती जंगली हात्तीको आक्र्रमणमा गरेर बागफाँटाका डगौरा घाईते भएका थिए । घार्ईतेको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ ।
भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जागुराम डगौराले घटना लगत्तै रातभर हात्ती धपाएको बताए ।
उपमेयर लेखकले घाईतेका परिवार सहित स्थानीयसंग भेटघाट गरेकी छिन । उपप्रमुख लेखकले बागफाँटा क्षेत्रमा हात्तीको आतङ्क रोकथामका लागि पालिकाबाट सक्दो प्रयास गर्ने आश्वासन दिएकी छिन । उपमेयरसंगै भीनपा ११का वडाध्यक्ष प्रकास थापा, १६का वडाध्यक्ष केशव विष्ट सहितका जनप्रतिनिधी सहभागि भएका थिए ।
हात्तीले डगौरामाथि आक्र्रमण गरेकै दिन वडाध्यक्ष डगौरा, भोलीपल्टै घटना स्थलतर्फ उपमेयर लेखक र घाईतेलाई भेटन मेयर बोगटी अस्पताल पुगेर सान्त्वना दिएका छन । यसरी वडा, नगरका जनता विपद्मा परेका बेला भीमदत्त नगरका जनप्रतिनिधीबाट संकट, दुखका बेला भेटघाटले पीडितलाई सान्त्वना दिएको छ ।

