कञ्चनपुर, २० पुष

आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुर क्षेत्र २ ले सर्वसम्मत उम्मेदबार छान्न नसकेन । लोकतान्त्रिक चुनावी बिधीबाट एमाले कञ्चनपुर क्षेत्र २ले उम्मेदवार छनौट गरेको हो ।

एमालेले उक्त क्षेत्रबाट पुर्व मेयर अशोक कुमार चन्द, पुर्व सांसद नर बहादुर धामी र महिला नेतृ पार्वती जोशीलाई छनौट गरेको जनाएको छ ।

शनिबार झलारीमा एमाले क्षेत्र २कमिटीको बैठकले पाटी केन्द्रले तोके अनुरुप २ पुरुष सहित १ महिला उम्मेदवार छान्न नसकेपछि आइतबार निर्वाचन गरेको थियो । एमाले कञ्चनपुरका युवा नेता प्रविन बोगटीले आकाँक्षी बढी देखिएकाले सर्वसम्मत उम्मेदवार छनौट गर्न नसकेपछि चुनावी प्रकृयाबाट छानेको बताए ।

उनका अनुसार क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारका लागि अशोक कुमार चन्द ६१ सर्वाधिक मत र नर बहादुर धामीले ५७ मत र महिला तर्फ एमाले नेतृ पार्वती जोशीले ४४ मतका साथ निर्वाचित भएका छन ।

खुला तर्फ बचन बहादुर सिहले ५० र महिला तर्फ लक्ष्मी बुढाले ४१ मत ल्याएका छन । कुल ९५ मतदाता मध्य ८४मत खसेका थिए ।

चन्दको प्रस्तावमा जगत बहादुर सिह, सर्मथकमा पार्वती भाट, धामीको प्रस्तावक अर्जुन भट्ट, सर्मथक पार्वती लुहार, जोशीको प्रस्तावमा पार्वती भाट, सर्मथकमा मोनिका भण्डारी, सिहको प्रस्तावमा नरेश कार्की, सर्मथकमा नरेश बहादुर सिह र बुढाको प्रस्तावमा राजेश शाही र सर्मथकमा जगत सिह थिए ।

चन्द ०७४मा एमालेबाट बेदकोट नगरका मेयर हुन । उनी विवादरहित एव नगरको नेतृत्व पाएपछि दीगो विकास निर्माणका कामजदेखि अन्य एमाले नेताको जस्तो कट्टर एमालेवादी नभई फरक दलको समेत विचार सम्मान गर्दै नगरको बृद्धि विकासमा योगदान पु¥याए बाफत पाटी भित्र र बाहिर जनमासमा राम्रो छवि कमाएका छन । धामी यस अघि ०७०, ०७४ र ०७९मा टिकट पाईसकेका नेता हुन । ०७४मा तत्तकालिन माओवादीसंगको गठबन्धन भएपछि एमाले नेता धामी जितेका थिए । सिह यस अघि ०७९मा क्षेत्र २(क)बाट उम्मेदवार बनिसकेका थिए । यता ०७९मा बेदकोट नगरको उपमेयरकी उम्मेदबार पार्वती जोशी नगरमा पराजित भएपछि महिला तर्फ प्रतिनिधी सभा सदस्य उम्मेदबारका लागि पाटीबाट आफुलाई अनुमोदित भएकी छिन । एमाले कञ्चनपुरकै नेतृत्व हाकिरहेकी पाटी जिल्ला कमाण्डर लक्ष्मी बुढालाई भने आफ्नै पाटीका नेता कार्यकर्ताहरुले पत्याएनन् । एमाले क्षेत्र १ र ३मा पनि उम्मेदबार छान्नेक्रम जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस