बिणेश्वर मावि नाकालिको ४७ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न बैतडी पुष २१ , पुर्चौडी नगरपालिका वार्ड नं ०३ न्वादेउ नाकालिमा रहेको बिणेश्वर माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बल जिल्ला बैतडीका प्रमुख DSP जंगबहादुर कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेसका प्रदेश समिति सदस्य जनकबहादुर बिष्ट, नेकपा (एमाले) बैतडी जिल्ला कमिटीका उप–सचिव हर्कबहादुर धानुक, नेकपा (एमाले) निकट युवा संघका केन्द्रीय सदस्य रमेश बोहरा, नेपाली कम्युनिष्ट पार्टीका नगर कमिटी सदस्य दिपक बहादुर कुँवर , रास्वपा प्रतिनिधि राम धामी लगायतका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बिणेश्वर  माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर कुँवरले विद्यालयको आर्थिक तथा भौतिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। साथै वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरूद्वारा प्रस्तुत विविध सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
वक्ताहरूले विद्यालयको शैक्षिक उन्नति, गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुस