कञ्चनपुर, पुष २०
सरोकारवालाहरुले जैविक विविधता सरक्षणका लागि अब बन्ने सरचना वन्यजन्तुमैत्रीमा जोडदिएका छन । जेडएसएल नेपालले आइतबार महेन्द्रनगरमा गरेको वन्यजन्तुमैत्री भौतिक पूर्वाधार विषयक कार्यशाला गोष्ठी कार्यक्रममा सरोकारवाला निकायले वन्यजन्तुमैत्रीमा जोडदिएका हुन । जेडएसएल नेपालका नीति, कार्यक्रम संयोजक विष्णू प्रसाद थपलियाले समग्र वातावरण सन्तुलनका लागि अब बन्ने भौतिक पूर्वाधारका सरचना वन्यजन्तुमैत्री बन्नुपर्नेमा जोडदिर्दै यसका लागि सरोकारवालासंग छलफल गरेको बताए । पूर्वाधारको दिगो विकास र प्राकृतिक स्रोत सरक्षणका लागि समेत अब मानव वन्यजन्तु सहअस्थित्वमा जोडदिएका छन ।
सरक्षणकर्मी डा. कृष्ण आचार्यले समेत जैविक विविधता क्षेत्रका हिसाबले विश्वमै नेपाल सुचिकरणमा परेकाले सरक्षण विकास र मानवबन्यजन्तु अन्तरसम्बन्धमा जोडदिए । जेडएसएल नेपालका कार्यक्रम प्रबन्धक डा. श्याम कुमार थापाले स्थानीय स्तरमा परिवेस अनुरुप बन्यजन्तुमैत्री सरचना निर्माणमा जोडदिएका छन । बेदकोट नगरका मेयर भोजराज बोहराले प्राकृतिक स्रोत साधन सदुपयोगका लागि बन्यजन्तु मानव दुवैको सहअस्थिमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले दिर्घकालिन योजनामा असर नपर्ने गरेर कार्यक्रम संचालनमा जोडदिए । सुदूरपश्चिम क्षेत्रीय वन निर्देशक हेमराज विष्टले प्रदेशभरी बन्यजन्तुमैत्री सरचना निर्माणका कार्यक्रम अघि बढिरहेको बताए । निर्देशक विष्टले बन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ०७८आएपछि प्रदेशमा समेत पूर्वाधार निर्माण कार्य अघि बढेको बताए । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोईरालाले वैज्ञानिक दृष्ट्रिकोणबाट बन्यजन्तुमैत्री सरचना निर्माणका कार्यक्रम अघि बढिरहेको बताए । सुप प्रदेश नीति, आयोगका सदस्य नृप बहादुर सुनारले प्रादेशिक योजना पनि वन्यजन्तुमैत्री बनाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने बताए । कार्यक्रकमा वन्यजन्तु विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुँदै प्यानललिष्ट अनुरुप छलफल गरिएको थियो । जेडएसएल नेपालका कार्यक्रम अधिकृत सन्तोष पौडेलले सचालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, विभिन्न सरोकारवाला निकायका सरकारी तथा गैर सरकारी कार्यालयमा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

