कञ्चनपुर पौष ९, मोटरसाइकल ओभरटेक गरेको निहुँमा एक युवकको हत्यामा संग्लन ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरीएको छ । महाकाली नगरपालिका– ३ चाँदनीका २२ वर्षीय दीपक पन्त हत्या अभियोगमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरीएको हो ।

हत्या आरोपमा भिमदत्त नगरपालिका –४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

जिल्ला आदालत कञ्चनपुरले अभियुक्त चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । गत मंसिर १२ गते बुवासँगै महेन्द्रनगर आउदै गरेका बेला जिल्ला प्रहरी कार्यालय भन्दा चार मिटर टाढा उनिमाथी चक्कु प्रहार भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुस