चिसो सुरु भएसँगै सबैभन्दा बढी वृद्ध(वृद्धा तथा बालबालिका प्रभावित बनेका छन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया जस्ता समस्या देखिनथालेको छ । चिसोको कै कारण वृद्ध(वृद्धा र बालबालिका बढी बिरामी हुन् थालेका छन् ।

अस्पताल आउने बालबालिकामा रुघाखोकी, ज्वरो, विन्टर डाइरिया, निमोनिया लगायतका समस्या देखिएको चिकित्सक बताउँछन् ।
चिसोले गर्दा शरीरमा अक्सिजन पुग्ने क्षमता ह्रास आउने र शरीर काम्नुका साथै धमनीमा शंकुचन आउँछ । रक्तचाप, मुटुको चाल र श्वास(प्रश्वास घट्दै जान्छ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बालबालिकालाई चिसोले बढी सताउँछ । चिसोमा हुने निमोनिया लागायतका रोगबाट बर्षेनी हजारौ बालबालिकाको मृत्यु समेत हुन्छ ।
नेपालमा निमोनियालगायतका छातीको संक्रमणले बालमृत्युदरको सबभन्दा बढी हिस्सा ओगटेको छ । नेपालमा निमोनियाका कारण हरेक वर्ष पाँच वर्ष मुनिका ५ हजार ६ सय बालबालिकाको ज्यान जाने गरेको छ ।

रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भैसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन, निमोनियाबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन सकिनेछ । जाडो मौसममा निमोनिया बढी फैलने भएकाले चिसोबाट बालबालिका जोगाउन चिकित्सकको सुझाब छ ।

प्रतिक्रिया दिनुस