केशव थापा

कञ्चनपुर, ३०पुष

बेदकोट नगरको एक सामुदायिक विद्यालय लगातार राष्ट्रपति रनिङ्गशिल्ड विजयी यात्रा निरन्तर कायम गरेको छ । बेदकोट २ जडेपानीको बैजनाथ माविले लगातार छैटौँ पटक राष्ट्रपति रनिङ्गशिल्ड विजयी यात्रा निरन्तर कायम गरेको हो ।

बैजनाथ माविले यस बर्षको पनि उपाधी हासिल गर्न सफल भएको आयोजक बेदकोट नगर खेलकुद समितिले जनाएको छ । यस बर्ष ०८२मा पनि बेदकोट नगरपालिकाले आयोजना गरेको १६औैँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा बैजनाथ माविले १९ विद्यालय उचिन्छदै विगतको साख निरन्तर राखेकोछ ।

२६ स्वर्ण, १९ रजत र १२ कास्य सहित सर्वाधिक ५७पदक ल्याएको हो । ३४ पदका साथ भुवनेश्वरी मावि द्वितिय र १७ पदक सहित उदयमावि सुन्दरपुर तृतिय भएको छ ।

०७७देखि ०८२सम्म सम्पन्न भएका नगर स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा बैजनाथ माविले शिल्ड बिजेतामा बर्चस्व कायमै राखेको छ ।

बैजनाथ माविका प्रद्यानाध्यापक नवराज पन्तले स्वयम विद्यार्थी खेलाडीको मेहनत, शिक्षक, प्रशिक्षकको कुसल प्रशिक्षणदेखि समग्र विद्यालयको नियमित मेहनतले सफलता पाईएको बताए । प्रअ पन्तले नियमित शैक्षिक पठनपाठनका साथै अतिरिक्त कृयाकलाप निरन्तर कायम गर्ने बताए । बैजनाथ माविका अध्यक्ष नरेश बहादुर सिहले विद्यालयबाट राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गरिएको र आगामी दिनमा पनि यस्तै प्रतियोगिताबाट निरन्तर खेलाडी उत्पादन गरिने बताए ।

लगातार ६ पटक विजेता विद्यालय बैजनाथ माविका पुर्व प्रअ सहायक प्रअ थिरेन्द्रचन्द्र भट्टले खेलकुदमा विगतदेखि विद्यालयको लगानीको प्रतिफल निरन्तर पाईरहेको बताए । आगामी दिनमा समेत खेलकुदको साख निरन्तर अघि बढाउने बताए ।

पुरस्कार वितरण गर्दै बेदकोट नगरका प्रमुख भोजराज बोहराले बैजनाथ माविले नियमित पढाईका अतिरिक्त खेलकुदतर्फ समेत उत्कृष्ट स्थान हासिल कायमै राखेको बताए । मेयर बोहराले बैजनाथ माविको जस्तै अन्य विद्यालयले समेत खेलकुद तर्फ मेहनत गर्नुपर्ने बताए । बेदकोट नगरकी उपप्रमुख तुलसी जोशीले विद्यार्थीलाई थप अनुशासित बनाउनका लागि खेलकुद प्रतियोगिता निरन्तरतामा जोडदिदै, छात्रा विद्यार्थीलाई समेत जोड्नुपर्ने सुझाव दिईन ।

बेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टले भुवनेश्वरी मावि सिसैयाको प्राङगणमा भएको प्रतियोगितामा १६औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा यस बर्ष २० विद्यालयको सहभागिता रहेको र आगामी दिनमा समेत थप विद्यालय सहभागि हुनुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस