कञ्चनपुर । कञ्चनपुर सुनचाँदी व्यवसायी संघ महेन्द्रनगर, कञ्चनपुरको अध्यक्षमा पुनः सुरत बहादुर सुनार सर्वसम्मत चयन भएका छन । सुरत बहादुर सुनारको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अशोक कुमार शाह, उपाध्यक्षमा धुव्र निरौला चयन भएका छन् । यस्तैगरी महासचिवमा नरेन्द्र बहादुर सुनार, सचिवमा अशोक ठाकुर र कोषाध्यक्षमा अशोक कुमार सिंह जि.सी. चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा डम्बर गहतराज, अञ्जु सुनुवार, चाँदनी कुमारी ठाकुर, मेघराज सुनार, रोशन सोव, प्रकाश वि.क., मनोज लामिछाने, गणेश सुनार र सुमित लामिछाने चयन भएका छन् ।

अधिवेशनले व्यवसायीहरूको हकहित संरक्षण, सुनचाँदी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने तथा संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । चालु आर्थिक बर्षदेखि सुनचाँदी व्यवसायीमाथि सरकारले लाभ कर लगाएपछि सुरत बहादुर सुनार नेतृत्वको कार्य समितिले कञ्चनपुरमा समेत शसक्त आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुस