
कञ्चनपुर । विधि प्रकृया, लोकतन्त्रको हुर्मत दिदै आएको एमालेले कञ्चनपुरमा फेरी अर्को घात गरेको छ । समानुपातिक टिकटमा जिल्लाबाट सिफारिस नै नगरेका नेताहरु पछि घुसाए जस्तै प्रत्यक्ष तर्फ पनि गरेको छ । नेकपा एमाले कञ्चनपुरबाट सिफारिस नै नगरेका नेतालाई प्रत्यक्ष तर्फ उम्मेदवार बनाउने(टिकट) दिने निर्णय गरेको छ । एमाले सचिवालय बैठकले क्षेत्र, जिल्ला, प्रदेश कमिटिबाट सिफारिस भन्दा बाह्यबाट टिकट दिएपछि बबण्डर मच्चिएको छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार तेस्रो सचिवालय बैठकले कञ्चनपुर क्षेत्र १मा कमला बोहरा, २मा बचन बहादुर सिह र ३मा डा. दीपक प्रकास भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रको निर्णले क्षेत्र २ र कञ्चनपुरमा फेरी सम्काएको छ ।
यस अघि समानुपातिक तर्फपनि जिल्लाबाट सिफारिस नगरेका नेताहरुलाई टिकट दिएपछि विवाद उत्पन्न भएको त्रृटी फेरी प्रत्यक्ष तर्फपनि गरेपछि एमाले कञ्चनपुरमा बबण्डर मच्चिएको हो । समानुपातिक तर्फ जिल्लाबाट सिफारिस नै नपरेका केन्द्रीय सदस्यद्वय निरुदेवी पाल, कृपाराम रानालाई टिकट दिएपछि पहिल्यैदेखि समानुपातिकमा सिफारिस भएका उम्मेदवारदेखि नेता कार्यकर्ताहरु रुष्ट रहेका थिए ।
स्थिर प्रशाद घिमिरे फैरु तामाङ्ग, चित्रा चौधरी, ईकरानी राना कुलबिर चौधरी , करमसाय राना, शुशिला सिह ज्ञानेन्द्र राना रमिता राना(बडायक), चिनी गिरी, नन्दलाल चटौत, लक्ष्मी विक, तेज विकलाई सिफारिस गरेपनि हेभिवेटका नेता प्रत्यक्ष भन्दा समानुपातिक गएर सुरक्षित अबतरण भएका छन ।
अरुलाई विधि, प्रकृया, लोकतन्त्र सिकाउने एमाले कञ्चनपुरबाट समानुपातिक र प्रत्यक्ष तर्फ ढोकाबाट गएकाहरुलाई तल्याउँदै झ्यालबाट गएकाहरुलाई स्वागत गर्न थालेपछि एमालेका बुद्धिजिबि शिक्षकहरु समेतले कम्युनिष्टको नीति, आचरण सिद्धान्त, निष्ठा बिरुद्धको काम भईरहेको यसले पाटीलाई क्षति गर्ने बताईरहेका छन ।
पाटी केन्द्रको निर्देशन अनुरुप हरेक क्षेत्रबाट १महिला सहित ३जना सिफारिस गरिएको थियो । क्षेत्र १मा निर्वतमान सांसद तारालामा तामाङ्ग, पाटी केन्द्रीय सदस्य कमला बोहरा, पुर्व राष्ट्रिय सभा सदस्य ईन्दुकडरिया विष्टलाई सिफारिस गरेको थियो । ०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचन बेलौरी मेयरमा पराजित भएकी बोहरालाई पाटीले पालिकाबाट सिधै संघीय टिकट दिएपछि उनीसंगै सिफारिस भएका नेताहरु असन्तुष्ट रहेको एमाले नेताहरुले बताएका छन ।
क्षेत्र २मा उम्मेदवार छान्न चुनाव नै भएको थियो । गत २०मंसिर ०८२मा उम्मेदवार छान्न चुनाव भएको जस अनुरुप सर्वाधिक मत ल्याएका बेदकोट नगरका पुर्व मेयर जो विवादरहित विकासवादी पनि रुपमा अन्य पाटीले समेत भरोसा गरेका नेता अशोक कुमार चन्दले ६१,पुर्व सांसद नर बहादुर धामीले ५७ र तेस्रो नम्बरमा ५०मत ल्याएका राष्ट्रिय युवा संघका पुर्व अध्यक्ष एव ०७९मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा तत्तकालिन माओवादी उम्मेदवार ओम विक्रम भाट(सरल)संग पराजित बचन बहादुर सिहले टिकट पाएपछि पाटीका नेता कार्यकर्ताहरु रुष्ट रहेका छन ।
महिला तर्फ पार्वती जोशी ४४मत ल्याएकी थिईन । क्षेत्र ३बाट एकल सिफारिसमा परेका पुर्व सांसद डा. दीपक प्रकास भट्टलाई पाटीले दोहो¥याएको छ । यस अघि भट्ट
०७४मा तत्तकालिन माओवादी केन्द्रसंग एकता गरेर काँग्रेस नेता रमेश लेखक पराजित गर्दै पहिलो पटक संसदमा डेब्यू गरेका थिए ।
क्षेत्र, जिल्ला, प्रदेशबाटै सिफारिसमा नपरेका एव उम्मेदवार छनौटमै पराजितलाई पहुँचका भरमा टिकट दिएसंगै भन्दै एमाले नेता कार्यकर्ताहरु रुष्ट मात्रै होईन यसबाट चुनावमा आउने दुर्घटना समेत स्वयम पाटी सचिवालयले जिम्मेबारी दिनुपर्ने बताउँछन । जिल्लाका केही नेता कार्यकर्ताहरुले भने, पटक पटक उही नेता नेता कार्यकर्ता भन्दा यस पटक नयाँ युवालाई पनि पाटीले जिम्मेबारी दिएको समेत बताईरहेका छन ।
एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढाले उतिबेला क्षेत्रबाट उम्मेदबार छान्ने क्रममा जे जस्तो भएपनि अहिले पाटी केन्द्रले गरेको निर्णय आफुहरुले स्वीकार गर्नुपर्ने बताउँछिन । ‘उम्मेदबार छनौटका क्रममा क्षेत्रमा हार्दैमा उसले टिकट नपाउने भन्ने होईन, ‘उनले भने, ‘त्यो एक प्रकृया थियो, अब पाटीले गरेको निर्णय हामी सबैले मान्नु
पर्छ ।’

