
कञ्चनपुर । निड्स नेपालले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । आइतबार महेन्द्रनगरमा निड्स नेपालले समाजिक परिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले समाजिक उत्तरदायी अन्र्तरगत संस्थाले हरसिहाब किताब राखेको बताए । कार्यकारी निर्देशक रेग्मीले सरोकारवाला निकायको उपस्थितिमा समाजिक परीक्षण गरेको बताए । समाजिक परीक्षक शिवराज भट्टले कार्यपत्र प्रस्तुत गर्दैै संस्थाले स्थानीय सरकारदेखिका निकायसंग समन्वय गरेर कामकाज गरेको बताए । कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधीले निड्स नेपालले संचालन गर्ने कार्यक्रम स्थानीय तहसंग समेत समन्वय, सहकार्य र आवश्यकताका आधारमा संचालन गरिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समाजिक विकासका क्षेत्रमा निड्स नेपालले गर्दै आएको कार्यक्रम थप दीगो र प्रभावकारी बनाउनुपर्नेमा जोडदिईन । निड्स नेपालका उपाध्यक्ष तारा धामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सरोकारवाला सहितको उपस्थिति रहेको थियो ।

