कञ्चनपुर । आगामी २१फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि गृहमन्त्री ओम प्रकास अर्याल सहितका उच्च अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्थलगत अनुगमन गरेका छन ।

सोमबार गृहमन्त्री अर्याल सहित निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, गृहसचिव लगायतका सम्बन्धित अधिकारीहरू काठमाडौँ निर्वाचन क्षेत्र नं. १, बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुगमन गरेका हुन ।

गृहमन्त्री अर्यालका निजी सचिव एव उपसचिव परशुराम पोखरेलका अनुसार गृहमन्त्री अर्याल सहितका अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित देशभर निर्वाचन अधिकृतको कार्यालयको विषयमा जानकारी लिएका छन ।

प्रतिक्रिया दिनुस