डिल्लीराज पन्त

महेन्द्रनगर । रत्न कृषि बहुउदेश्यीय सहकारी संस्था मझगाँउको आयोजनामा संचालन भएको दोस्रो खुला भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई नै पाईएको छ । भीमदत्त नगरपालिका १६मझगाँउको रत्न कृषि बहुउदेश्यीय सहकारी संस्था मझगाँउको आयोजनामा संचालन भएको दोस्रो खुला भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई नै पाईएको हो ।

सोमबार फाईनल प्रतियोगितामा आयोजकले भीनपा १३को टिमलाई ३–१सेटले हराउँदै उपाधी आफ्नै पोल्टामा राख्न सफल भएको जनाएको छ । प्रतियोगिता संयोजक एव रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष दशरथ धानुकले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको छ ।

फाइलमा रत्न कृषिले भृकुटी माविलाई २–१ ले हराउदै फाईनलमा पुगेको थियो भने वडा न १३ ले वडा ९ लाई २–१ ले हराउदै फाईनलमा पुगेको थियो। ११ टिमविच प्रतिस्पर्धा भएको थियो । विजेता आयोजक टिमलाई नगद २५ हजार १सय, उपविजेता टिम भीनपा १३लाई ११ हजारका साथ ट्रफि, मेडल, पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रायोजक टेकमाईन्ड नेटवर्क र सहयोगी मुक्तिनाथ कृषि कम्पनी, कलश सिड्स, कञ्चन सिड्स, हिमानि स्पोटस, रेडियम तयारी पोषाक उध्योग, मुरि भान्सा घर र कृर्पा श्री प्रिन्टर रहेका थिए।

उक्त कार्यक्रममा सहकारीका अध्यक्ष हरिप्रसाद भट्टको अध्यक्षतामा कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथि वडा न १३ का अध्यक्ष रामचन्द्र बोहरा, महेन्द्र भट्ट, सुरेन्द्र बहादुर कोटाली लगायत को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस