
राजेन्द्र प्रशाद अवस्थी
कञ्चनपुर । प्रतिनिधी सभा सदस्य ३(सिट)का लागि कञ्चनपुरमा ५५जनाले उम्मेदवारी दिएका छन । जिल्लाका तीन निर्वाचन क्षेत्रमा १५दल र ११ स्वतन्त्र गरेर ५५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले निर्वाचन आयोगले तोके अनुरुप जिल्लाका तीनै निर्वाचन क्षेत्रमा दल सहित स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको बताए । तीनै निर्वाचन क्षेत्रमा ५ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।
कुल उम्मेदवारीको ९प्रतिशत मात्रै महिला उम्मेदवार बाँकी सबै पुरुष रहेका छन । यस पटकको निर्वाचनमा पुर्व जनप्रतिनिधी, सासददेखि मन्त्री जेनजी युवा पुस्ता रहेका छन । क्षेत्र १मा २७ बर्षिया अनिल राना, यादव सिह स्वतन्त्रबाट, मितेरी पाटीका सियाराम राना र संयुक्त नागरिक पाटीबाट दानियल विक पनि २७ बर्षकै छन । भने, सबैभन्दा बढी उमेरका क्षेत्र ३बाट श्रम संस्कृति पाटीका गंगादत्त जोशी रहेका छन । पुर्वमन्त्री बिना मगर, एनपी साउद, पुर्व सांसद तारालामा तामाङ्क, डा. दीपक भट्ट पनि उम्मेदवार र अधिकाँस स्थानीय प्रदेश र संघीय चुनाव लडेका नयाँदेखि पुराना उम्मेदवार फेरी चुनावी मैदानमा होमिएका छन । क्षेत्र १ र २ मा १५÷१५ दल, ४÷४स्वतन्त्र र क्षेत्र ३मा १४दल, ३ले उम्मेदवारी दर्ता गराएका हुन ।
क्षेत्र १का निर्वाचन अधिकृत डम्बर घिमिरेका अनुसार निर्वाचन क्षेत्र १मा १५ दलका उम्मेदबार सहित ४जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र २का निर्वाचन अधिकृत प्रकास बहादुर भण्डारीले १५ दल सहित ४स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको बताए । तीनै निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार क्रमस १, २, ३ मा नेपाली काँग्रेसका गोपी प्रशाद उपाध्याय, एनपी साउद, हरि प्रशाद बोहरा, नेकपा एमालेका तारालामा तामाङ्क, बचन बहादुर सिह, डा. दीपक प्रकास भट्ट, नेपाली कम्युनिष्ट पाटी(नेकपा)का बीना मगर, माधव पन्त, मान बहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का जनक सिह धामी, दिपकराज बोहरा, ज्ञानेन्द्र सिह महता, राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)का दिल्ली बहादुर शाही, तिर्थलाल चटौत, पूर्ण बहादुर चन्द, राष्ट्रिय जनमोर्चा राजाराम चौधरी, राम बहादुर कार्की, लाल बहादुर कुँवर, नेकपा(माओवादी) पुरन रानाथारु, लोकेन्द्र बहादुर विक, विष्णूराम उपाध्याय(बिराट), नेपाल मजदुर किसान पाटीबाट कटक बहादुर शाही, सिताराम राना, मिनु गिरी, उज्यालो नेपाल पाटीबाट माईकल तामाङ्क, योगेश साउद, भीम कुमाल, मितेरी पाटीबाट सियाराम राना, तेज बहादुर बडुवाल, किरन थापा, प्रगतिशिल लोकतान्त्रिक पाटीबाट देवेन्द्र बहादुर शाही, धर्मानन्द जोशी, नाउपा नेपालबाट कृष्ण बहादुर चौधरी, प्रेमबती राना, संयुक्त नागरिकबाट दानियल विक,खडक बहादुर ताम्राकार, आम जनताबाट सिता विक, जग्गु चौधरी, मंगोल नेशनल अर्गनाईजेसनबाट हुम बहादुर गुरुङ्क, क्षेत्र २ जनमतबाट रामचन्द्र भट्ट्, क्षेत्र ३मा नेकपा संयुक्तबाट कर्ण बहादुर चन्द, क्षेत्र ३मै श्रम संस्कृतिबाट गंगादत्त जोशी, आम जनताबाट लक्ष्मी कुमारी विष्ट(भट्ट), राष्ट्रिय मुक्ति पाटीबाट लोकराज भट्टले उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र तर्फ पनि १, २, ३ क्रमस स्वतन्त्रबाट रुपादेवी विष्ट, यादव सिह, मञ्जुदेवी सुनार, अनिल राना, बिरेन्द्र राना, भानुभक्त बोहरा, सिद्धराज रेग्मी, हरि बहादुर भट्ट, थानेश्वर लेखक, बीर सिह क्षेत्री, हर्क बहादुर ऐरले उम्मेदवारी दिएका छन ।

