किशोर तामाङ

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नगर विपद् व्यवस्थापन शाखाको समन्वयमा मर्सिकोर नेपालद्वारा आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन कार्यक्रम अन्तर्गत लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GESI)सम्बन्धी रिफ्लेक्सन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख भुलिया कुमारी राना, वडा अध्यक्ष डम्मर थापा,, मित्र सिङ लामा, कृष्ण बहादुर तामाङ, नर बहादुर बि.क., श्रवण राना, सुकदेव राना लगायत कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू , सेवाक नेपालको तार्फबाट सुरेन्द् ठगुन्ना र अनुगमन तथा मुल्यङकल अधिकृत गणेश भुल तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

मर्सिकोर नेपाल एमरेड परियोजना अन्तर्गत सिनियर GESI स्पेसलिस्ट सङ्गिता अधिकारी क्षेत्रीले आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन कार्यक्रमभित्र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (न्भ्क्क्ष्) को महत्वबारे प्रकाश पार्नुभयो। उहाँले न्भ्क्क्ष् दृष्टिकोणलाई स्थानीय तहको नीति, योजना र कार्यक्रमहरूमा एकीकृत नगरी दिगो तथा प्रभावकारी जोखिम व्यवस्थापन सम्भव नहुने स्पष्ट पार्नुभयो।

साथै, विपद् जोखिम न्यूनीकरणका सबै चरण—पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनामा महिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। GESI स्पेसलिस्टअधिकारी ले रिफ्लेक्सन कार्यशाला गोष्ठीले स्थानीय सरकार, सरोकारवाला निकाय र विकास साझेदारबीच सिकाइ आदान–प्रदानको महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गर्दै यसले समावेशी, उत्तरदायी र दिगो विकासका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यशालामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणलाई नगरपालिकाका नीति, संरचना र कार्यक्रमहरूमा एकीकृत गर्न गरिएका प्रयासहरू प्रस्तुत गरेका थिए। साथै, आगामी योजनामा समेटिने असल अभ्यास, विद्यमान चुनौती र सुधारका सम्भावित उपायहरूबारे समेत विस्तृत छलफल गरिएको थियो।

प्रस्तुतीकरणमा समावेशी स्थानीय शासन प्रवद्र्धनका लागि नगरपालिकाले अवलम्बन गरिरहेका नीति, कार्यक्रम, संस्थागत संरचना, तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरिएको थियो। साथै, लैङ्गिक उत्तरदायी योजना निर्माण, अपाङ्गता मैत्री पूर्वाधार विकास, तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको नमूना कार्ययोजना समेत सार्वजनिक गरिएको थियो। सामाजिक तथा बाल विकास शाखा प्रमुख कृष्ण भट्टले नगरपालिकाले बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति तथा लक्षित वर्गका लागि सञ्चालन गरिएका कार्यक्रमहरूबारे जानकारी गराउनुभयो।

उहाँले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई नीति र कार्यक्रममै समेट्न शाखाले गरेको प्रयास, सिकाइ र चुनौतीहरू प्रस्तुत गर्नुभयो। आगामी दिनमा बाल संरक्षण, महिला सशक्तीकरण र सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै समावेशी पालिकाको अवधारणालाई व्यवहारमा उतार्ने योजना रहेको बताउनुभयो। यसैगरि भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख शंकर बोकटीले नगरपालिकामा निर्माण भइरहेका भौतिक संरचनाहरूलाई अपाङ्गता मैत्री र लैङ्गिक उत्तरदायी बनाउने प्रयासबारे प्रकाश पार्नुभयो।

उहाँले योजना निर्माणदेखि कार्यान्वयनसम्म समावेशी मापदण्ड अपनाउन थालिएको उल्लेख गर्दै आगामी पूर्वाधार विकासमा पहुँचयोग्यता, सुरक्षा र समान उपयोगलाई प्राथमिकता दिइने बताउनुभयो। पुनर्वास नगर विपद् व्यवस्थापन शाखाका फोकल पर्सन ओमनाथ ढकालले विपद् जोखिम न्यूनीकरणमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको महत्वबारे स्पष्ट पार्नुभयो।

उहाँले जोखिम पहिचान, तयारी, प्रतिकार्य र पुनःस्थापनाका सबै चरणमा संवेदनशील समूहहरूको आवश्यकता सम्बोधन गर्न नगरपालिकाले गरिरहेका अभ्यास र आगामी कार्ययोजनाबारे जानकारी दिनुभयो। यसैक्रममा नगर कृषि शाखा प्रमुख ललिता चौधरीले आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन कार्यक्रम अन्तर्गत कृषकहरूको जीविकोपार्जन सुदृढीकरणमा गरिएका प्रयासबारे मन्तव्य राख्नुभयो।

उहाँले महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा विपन्न कृषकलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै कृषि क्षेत्रलाई समावेशी र दिगो बनाउने उद्देश्य रहेको बताउनुभयो। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले समावेशी विकास बिना दिगो विकास सम्भव नहुने बताउँदै आगामी नीति तथा कार्यक्रम निर्माणमा यस्ता सिफारिसहरूलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायहरूको सहभागिता सुनिश्चित नगरी विपद् जोखिम न्यूनीकरण तथा आर्थिक विकासका कार्यक्रम प्रभावकारी हुन नसक्ने उल्लेख गर्नुभयो।

नगर प्रमुख शर्माले मर्सिकोर नेपालसँगको सहकार्यमा नगरपालिकाले समावेशी नीति, कार्यक्रम र संरचना निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै आगामी दिनमा योजना तर्जुमा र कार्यान्वयनका सबै चरणमा GESI दृष्टिकोणलाई संस्थागत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी सरोकारवालाहरूले विपद् जोखिम न्यूनीकरण र आर्थिक विकासका कार्यक्रमहरूलाई न्भ्क्क्ष् दृष्टिकोणबाट थप प्रभावकारी बनाउने आवश्यकता औँल्याएका थिए। कार्यशालाले पुनर्वास नगरपालिकालाई समावेशी, उत्तरदायी र जोखिमप्रति संवेदनशील स्थानीय शासनतर्फ अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूको निष्कर्ष रहेको थियो।

प्रतिक्रिया दिनुस