कञ्चनपुर, माघ ६

कञ्चनपुरका युवा समाजसेवी योगेन्द्र बहादुर साउद(योगेश) कञ्चनपुर क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारमा होमिएका छन ।

साउद उज्यालो नेपाल पाटीबाट कञ्चनपुर क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारमा होमिएका हुन । साउदले उम्मेदवारी दर्तासंगै चुनावी मैदानमा होमिएका हुन । उनले एमाले, माओवादीका युवा संगठनको नेतृत्व गरिसकेका छन । ४० बर्षिया साउदले युवा सहित समग्र जनताका समस्या समाधनका लागि आफ्नो उम्मेदवारी परेको बताएका छन । उनलाई युवा पुस्ताले साथ सर्मगथन दिएका छन ।

प्रतिक्रिया दिनुस