धनसिह धामी

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) कञ्चनपुर क्षेत्र २ र ३का उम्मेदवारद्वय तिर्थराज चटौत र पूर्ण बहादुर चन्दले आ–आफ्नो निर्वाचन क्षेत्रको भौतिक विकासका एजेण्डा अघि सार्ने घोषणा गरेका छन । प्रतिनिधी सभा सदस्यको उम्मेदवारी दर्ताको भोलीपल्टै बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै राप्रपा उम्मेदवारद्वय चटौत र चन्दले आ–आफ्नो निर्वाचन क्षेत्रको भौतिक विकासका एजेण्डा अघि सार्ने घोषणा गरेका हुन ।

यस अघि उक्त निर्वाचन क्षेत्रबाट चुनाव जितेर गएका अन्य दलका सांसदहरुले क्षेत्रको विकास, देशको हित भन्दा पनि व्यक्तिगत, घर परिवार, पाटी र केही निकट नेता कार्यकर्ताहरुका लागि मात्रै काम गरेको उनीहरुको आरोप छ ।

राप्रपा उम्मेदवारद्वय चन्द र चटौतले अहिलेको विषम परिस्थितिको सामना गर्दै देशको सर्वाणिङ्ग विकास गर्दै नागरिकलाई बढी भन्दा बढी सेवा सुविधा दिलाउने उद्घोष गरेका छन । राप्रपा क्षेत्र ३का उम्मेदवार पूर्ण बहादुर चन्दले जेनजी बिद्रोहपछि ०८४मा हुने निर्वाचन ०८२मै भईरहेको बताउँदै त्यस अघि नै पाटीले सरकारलाई सर्वदलिय अन्तरिम सरकार गठन गरेर मुलुकको हितमा काम गर्न सुझाव दिदादिदै नमानेको बताए ।

‘मेरो चुनावी क्षेत्रमा हिजोका दिनदेखि आजसम्म चुनाव जितेका सांसदले समान्य कृषि, शिक्षा, स्वाथ्यदेखि पर्यटकको विकासमा चासो समेत दिएको रहेनछ, ‘उनले भने, ‘क्षेत्र ३ औद्योगिक, व्यवसायिक, धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्र भएको उर्बरा भूमि हो, यस अघि जितेका साथीहरुले यहाँ ध्यानै दिएको जस्तो देखिएैन, ‘उनले भने, ‘भारतको राजधानी दिल्लीसम्म नजिकको दुरी हाम्रै हो, सुख्या बन्दरगाहदेखि नाकामा समस्या समाधान गर्न पनि उस्तै छन ।’ चुनाव जितेर क्षेत्रमा नफर्किने समस्याले विकासबाट बञ्चित भएको उनको दावि छ ।

आफुले जिते क्षेत्रलाई नमुना बनाउनेदेखि सुविधायुक्त बनाउने सकल्प गरेका छन । उनले रमेश लेखकलाई लक्षित गरेर क्षेत्रकै गृहमन्त्री हुँदा समेत निर्मलाले न्याय नपाएको दुखेसो पोखेका छन । क्षेत्रलाई देशकै नमुना बनाउँदै जनतालाई स्वदेशमै रोजगारीका कार्यक्रम अघि बढाउने भएकाले एक पटक सेवा गर्ने मौका दिन अपिल गरेका छन ।

क्षेत्र २का उम्मेदवार तिर्थराज चटौतले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै समस्या रहेको बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अहिलेसम्म दैजी जोगबुढा सडक, बेलौरी कलुवापुर सडक, सुकुमबासी, आरक्षपीडित, भूमिहिन जनताका समस्या उस्तै रहेछन, ‘उनले भने, ‘मैले जिते राज्यबाट पाउने सबै सेवा सुविधा यि नै गरिब निमुखा जनताको हितमा लगाउँछु ।’

यस अघि उक्त क्षेत्रबाट चुनाव जितेका दलहरुले क्षेत्रको विकासका चासो समेत नदिएको आफुले पाएको बताए । पत्रकार सम्मेलनमा राप्रपा सुप प्रदेशका अध्यक्ष एव समानुपातिक उम्मेदबार धर्मराज जोशी, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस