सञ्जय महर

कञ्चनपुर,८ माघ आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुरमा नयाँदेखि पुराना दल, उम्मेदवार पुर्व सहकर्मी, चुनावी गठबन्धनवाला एकसाथ भिड्दै छन । पहिले एकै दलमा भएका नेता अहिले फरक फरक दलबाट उम्मेदवार, विगतमा फरक दल चुनावी गठबन्धन गरेका एक अर्काका लागि मत मागेका उम्मेदवार अहिले एक अर्काका प्रतिपर्धी भएका छन । कञ्चनपुरमा ३ प्रतिनिधी सभा सदस्यका लागि कञ्चनपुरमा ५५ चुनावी मैदानमा होमिएका छन ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमा १५दल र ११ स्वतन्त्रका उम्मेदवार चुनावी मैदानमा होमिएका हुन । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा ५ जना मात्रै महिला, ७ दलितको उम्मेदवारी परेको छ । कुल उम्मेदवारीको ९प्रतिशत मात्रै महिला र १२ प्रतिशत दलित मात्रै उम्मेदवार बाँकी सबै पुरुष रहेका छन ।

महिला, दलितको हक अधिकारका लागि ठुला ठुला कुरा गर्दै मुद्दा बनाउने ठुला दल काँग्रेस, एमाले, साना दल राप्रपा, रास्वपाबाट दलित महिला सुन्य रहेका छन । बरु नेकपाले महिलाबाट क्षेत्र १मा बिना मगर क्षेत्र ३ मा दलितबाट मान बहादुर सुनार उम्मेदवार अघि सारेको छ । एमालेले क्षेत्र १मा महिलाबाट कमला बोहरालाई दिएको टिकट समेत खोसिदिएको छ । भने, काँग्रेसले तीनै निर्वाचन क्षेत्रबाट पुरुष मात्रै उम्मेदवार अघि सारेको छ ।

रास्वपा,राप्रपाले समेत तीनै क्षेत्रमा पुरुष मात्रै उम्मेदवार अघि सारेको छ । पुर्वमन्त्री बिना मगर, एनपी साउद, पुर्व सांसद तारालामा तामाङ्क, डा. दीपक भट्ट पनि उम्मेदवार र अधिकाँस स्थानीय प्रदेश र संघीय चुनाव लडेका नयाँदेखि पुराना उम्मेदवार फेरी चुनावी मैदानमा होमिएका छन । क्षेत्र १मा विगतमा एकै पाटीमा रहेका गोपी उपाध्याय, जनक सिह धामी, ०६४मा नेकपा(माओवादी)का पुरन राना जिताउन खटिएकी बिना मगर अहिले नेकपाबाट प्रतिस्पर्धी भएकी छिन । ०७४मा बिना र ताराले एक अर्काका लागि मत मागेका अहिले प्रतिस्पर्धी, क्षेत्र २मा एमालेका बचन सिह र नेकपाका माधव पन्त एकै पाटीमा थिए, क्षेत्र ३मा डा दिपक प्रकास भट्ट र मान बहादुर सुनारपनि ०७४मा एकै मोर्चामा थिए । अहिले प्रतिस्पर्धी भएका छन । क्षेत्र १ र २ मा १५÷१५ दल, ४÷४स्वतन्त्र र क्षेत्र ३मा १४दल, ३ले उम्मेदवारी दर्ता गराएका छन ।

तीनै निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार क्रमस १, २, ३ मा नेपाली काँग्रेसका गोपी प्रशाद उपाध्याय, एनपी साउद, हरि प्रशाद बोहरा, नेकपा एमालेका तारालामा तामाङ्क, बचन बहादुर सिह, डा. दीपक प्रकास भट्ट, नेपाली कम्युनिष्ट पाटी(नेकपा)का बीना मगर, माधव पन्त, मान बहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का जनक सिह धामी, दिपकराज बोहरा, ज्ञानेन्द्र सिह महता, राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)का दिल्ली बहादुर शाही, तिर्थलाल चटौत, पूर्ण बहादुर चन्द, राष्ट्रिय जनमोर्चा राजाराम चौधरी, राम बहादुर कार्की, लाल बहादुर कुँवर, नेकपा(माओवादी) पुरन रानाथारु, लोकेन्द्र बहादुर विक, विष्णूराम उपाध्याय(बिराट), नेपाल मजदुर किसान पाटीबाट कटक बहादुर शाही, सिताराम राना, मिनु गिरी, उज्यालो नेपाल पाटीबाट माईकल तामाङ्क, योगेश साउद, भीम कुमाल, मितेरी पाटीबाट सियाराम राना, तेज बहादुर बडुवाल, किरन थापा, प्रगतिशिल लोकतान्त्रिक पाटीबाट देवेन्द्र बहादुर शाही, धर्मानन्द जोशी, नाउपा नेपालबाट कृष्ण बहादुर चौधरी, प्रेमबती राना, संयुक्त नागरिकबाट दानियल विक,खडक बहादुर ताम्राकार, आम जनताबाट सिता विक, जग्गु चौधरी, मंगोल नेशनल अर्गनाईजेसनबाट हुम बहादुर गुरुङ्क, क्षेत्र २ जनमतबाट रामचन्द्र भट्ट्, क्षेत्र ३मा नेकपा संयुक्तबाट कर्ण बहादुर चन्द, क्षेत्र ३मै श्रम संस्कृतिबाट गंगादत्त जोशी, आम जनताबाट लक्ष्मी कुमारी विष्ट(भट्ट), राष्ट्रिय मुक्ति पाटीबाट लोकराज भट्टले उम्मेदवारी दर्ता गराएका हुन ।

स्वतन्त्र तर्फ पनि १, २, ३ क्रमस स्वतन्त्रबाट रुपादेवी विष्ट, यादव सिह, मञ्जुदेवी सुनार, अनिल राना, बिरेन्द्र राना, भानुभक्त बोहरा, सिद्धराज रेग्मी, हरि बहादुर भट्ट, थानेश्वर लेखक, बीर सिह क्षेत्री, हर्क बहादुर ऐरले उम्मेदवारी दिएका छन । क्षेत्र १मा २७ बर्षिया अनिल राना, यादव सिह स्वतन्त्रबाट, मितेरी पाटीका सियाराम राना र संयुक्त नागरिक पाटीबाट दानियल विक पनि २७ बर्षकै छन । भने, सबैभन्दा बढी उमेरका क्षेत्र ३बाट श्रम संस्कृति पाटीका गंगादत्त जोशी रहेका छन । उम्मेदवारी दर्तासंगै नेताहरु चुनावी मैदानमा होमिएका छन ।

प्रतिक्रिया दिनुस