
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा युवा, पुर्व आयोगका अध्यक्ष, पुर्वमन्त्री, सासददेखि पुर्व विद्यार्थी नेता चुनावी मैदानमा उत्रिएका छन । अधिकाँस उम्मेदबारको पुर्व केही न केही जिम्मेबारी निर्वाह गरिसकेकै छन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी(नेकपा)बाट पहिलो पटक चुनावी मैदानमा पुर्व विद्यार्थी नेता विष्णूप्रकास उपाध्याय(बिराट)पनि ससद बन्ने यात्रामा दौडिएका छन ।
स्कुले जिवनदेखि विद्यार्थी राजनीतिमा होमिएका उपाध्याय अहिले क्षेत्र ३बाट ससदको यात्रामा होमिएका हुन । बझाङ्कको थलरा माध्यामिक विद्यालयबाट कक्षा १० उर्तिण गरेपछि उच्च शिक्षा अध्ययनका लागि तराई धनगढी झरेका उपाध्याय कैलाली बहुमुखी क्याम्पस प्रविणता प्रमाण पत्र तह(कक्षा १२उर्तिण)पछि स्नातक अध्ययनका लागि महेन्द्रनगर सिद्धनाथ बहुमुखी क्याम्पस आएका थिए ।
तत्तकालिन सिद्धनाथ बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी इकाई अध्यक्ष भएका थिए । दोस्रो जनआन्दोलनपछि पहिलो पटक ०६४सालमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित उपाध्याय अहिले विद्यार्थी, पाटीको राजनीति हुँदै राजकीय जिम्मेबारीमा आउन दौडिएका छन ।
व्यवस्थापन संकायमा स्नाकोत्तर गरेका उपाध्याय नेकपाको केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज हुन । विद्यार्थीमा इकाई अध्यक्षदेखि सचिवालय सदस्यको जिम्मेबारी सम्हालेपछि उनी हाल नेकपाको जिम्मेबारीमा छन । स्कुले जिवनमा विद्यालय क्याप्टेनदेखि विद्यार्थी, पाटीको नेता बनेका उपाध्याय अब जनताकै चालक बन्ने सपना छ ।
तत्तकालिन सिद्धनाथ बहुमुखी क्याम्पस इकाई अध्यक्ष भएका बेला शरद स्मृति पार्कदेखि विद्यार्थीको हकहितका साथै ७प्रतिशत छात्रबृतिबाट बृद्धि गरेर १३ मा पु¥याएका थिए । ०६४देखि ०६६सम्म निरन्तर संघर्ष गरेर कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालय स्थापित गराउन सफल भएका उपाध्याय सुदूरका चर्चित विद्यार्थी नेता हुन ।
विगतमा विद्यार्थीको हकअधिकारका लागि विद्यालय, क्याम्पस, विश्वविद्यालयदेखि केन्द्रसम्मै काम गरेर विद्यार्थीमाझ लोकप्रिय नेताका रुपमा स्थापित भएका छन । तिनै उपाध्याय नेकपाबाट पुर्व सुप प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, पुर्व सांसद एमालेका डा. दीपक प्रकास भट्ट, पुर्व आरक्ष आयोगका अध्यक्ष राप्रपाका पूर्ण बहादुर चन्द, पुर्व काँग्रेस जिल्ला सभापति हरि प्रशाद बोहरा, पुर्व संचारकर्मी एव रास्वपाका ज्ञानेन्द्र महता, पुर्व दोधाराचाँदनी माओवादीका सचिव एव उज्यालो नेपाल पाटीका भीम बहादुर कुमाल, पुर्व एमाले उपसचिव एव हाल नेकपा(सयुक्त)का नेता कर्ण बहादुर चन्द, पुर्व निजामती कर्मचारी श्रम सस्कृति पाटीका गंगादत्त जोशी, पुर्व पर्यटन बोड गड्डाचौकीका कर्मचारी स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक सहितका उम्मेदवारसंग चुनावी मैदानमा भिड्दैछन ।
पुर्व विद्यार्थी नेता समेत रहेका ४४ बर्षिया उपाध्याय राजनैतिक संघर्षका दौरानमा ९पटक हिरासत बसेका थिए । झण्डै अढाई दशकदेखि राजनीतिक गर्दै आएका उपाध्यायले आफ्नो भन्दा जनताको जिवनस्तर सुुधारका लागि उम्मेदवारी दिदै आएको बताएका छन । नेकपा(माओवादी) कञ्चनपुरले पटक पटक अन्य दल, उम्मेरबार हेर्नुभयो, यस पटक विप्लवका उम्मेदवारलाई अवसर दिन आब्हान गरेको छ ।

