डिल्लीराज पन्त

कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयमा समाजिक अभियन्ता हर्केष विष्ट चयन भएका छन । भीमदत्त नगरपालिका १२ऐरी–बाँसखेडामा रहेको पूर्णा माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विष्ट चयन भएका हुन । अभिभावक भेलाबाट अध्यक्षमा सर्वसम्मत चयन भएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका समाजसेवी हर्केष विष्टले गाँउको सामुदायिक विद्यालय सुधारका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका प्रद्यानाध्यापक खेमराज बोगटीले सदस्यहरुमा अशोक बुढापाल, महेश खत्री, चन्द्रा जोशी, जानकी पुन मगर, मैना खडका, शिक्षक प्रतिनिधीमा भरत बहादुर चन्द, वडाबाट भीनपा १२का वडाध्यक्ष भुपेन्द्र सिह रावल रहेका छन ।

प्रतिक्रिया दिनुस