बैतडी, माघ १५, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–७ बडगाउँस्थित गलिनाथ माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक बहादुर ऐरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।


कार्यक्रममा पुर्चौडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गणेश बहादुर गडाल तथा नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य जनक बहादुर बिष्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साथै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, अभिभावक, शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका नि. प्रधानाध्यापक महेश बहादुर बिष्टले विद्यालयको आर्थिक तथा भौतिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। साथै शैक्षिक प्रगति, विद्यालयको ऐतिहासिक यात्रा, सांस्कृतिक प्रस्तुति तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।


कार्यक्रममा बोल्ने वक्ताहरूले गुणस्तरीय शिक्षा, अनुशासन र सहकार्यबाट विद्यालयलाई अझ अगाडि बढाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे। कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाएको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुस