
पहिलाद राना
कञ्चनपुर । कञ्चनपुरमा जनसंख्या बृद्धिसंगै मतदाता संख्या पनि बृद्धि भईरहेको छ । ०६७ सालको तुलनामा पछिल्लो ०७८मा भएको जनसंख्या गणना अनुरुप जिल्लामा मतदाता संख्या पनि बृद्धि भईरहेको हो । पछिल्लो जनगणना अनुरुप १.३२ प्रतिशतका दरले कञ्चनपुरको जनसंख्या बृद्धि भईरहेको अवस्थामा ०६४ देखि ०८२ सम्म आईपुग्दा मतदाता संख्यामा समेत बृद्धि भईरहेको छ ।
पञ्चायति शासनकालको अन्त्यसंगै जनयुद्ध दोस्रो जनआन्दोलनपछि पहिलो पटक भएको संविधान सभा सदस्य निर्वाचनदेखि जेनज बिद्रोहबाट मध्यावती भएको निर्वाचनसम्म आईपुग्दा मतदातासख्या समेत नियमित बृद्धि भईरहेको हो । कञ्चनपुरमा १८ बर्षमा निरन्तर मतदाता संख्या समेत बृद्धि भईरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर एव उतिबेला विभिन्न सचार माध्यममा प्रकासित भएको तथ्याङ्क अनुसार ०६४ सालमा ९७ हजार ४४२ महिला र ८६ हजार ८७७ पुरुष गरेर कुल १ लाख, ८४ हजार ३१९ मतदाता थिए । उतिबेला १० हजार ५२ महिला बढी मतदाता रहेका थिए ।
उतिबेला ९८हजार, ७३९मतदानमा सहभागि भएका थिए, भने ८५हजार ५८०मतदानमा सहभागि भएनन । ०७०मा ९४ हजार, ९सय २३ महिला र ८८हजार, १सय ४६पुरुष गरेर १ लाख, ८३ हजार, ६९ मतदाता रहेका थिए । जसमध्ये ६हजार ७सय ७७ बढी महिला मतदाता थिए । १लाख, ५२ हजार, ९ मतदानले मतदान गरे भने, ३१ हजार, ०७०ले मतदानमा सहभागि भएनन ।
०७४ सालमा १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष सहित जम्मा २ लाख, ६४ हजार ९७५ मतदाता थिए । पुरुष भन्दा ७ हजार ९२८ बढि महिला मतदाता रहेका थिए । १ लाख, ८३ हजार ६६८ ले मतदानमा सहभागि थिए । ८१हजार ३०७ले मतदान नै गरेनन् ।
०७९ सालमा ३ लाख, २ हजार, ५०९ थिए जसमध्ये १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार, ८४६ पुरुष र १ लाख, ५५ हजार, ६६२ महिला मतदाता रहेका छन । ०७९मा ८ हजार, ८सय १६ महिला बढी मतदाता रहेका थिए । १ लाख, ८६ हजार ३२२ ले मतदान गरे, १ लाख, १६ हजार, १८७मतदाताले मतदान गरेनन ।
०८२मा आईपुग्दा ३लाख, १४ हजार, ३८५ पुगेको छ । १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन । यस पटक कतिले मतदान गर्दछ भन्ने नागरिक जिज्ञासा जागेको छ ।

