कञ्चनपुर ,माघ १४, उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर जिल्ला क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य निर्वाचन होमिएका युवा नेता योगेश साउद चुनावि मैदानमा छन्। उम्मेदवार साउद शुक्लाफाँटा नगरपालिका,कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका गाउँ टोलमा पुगेर आन्तरिक चुनावि प्रचार प्रसार व्यस्त रहेका छन्।

बिभिन्न पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीमा आउने क्रम जारी रहेको उम्मेदवार साउदले जानकारी दिनुभयो। युवा नेता साउद कुलमान घिसिङको उज्यालो नेपाल पार्टी पार्टीबाट कञ्चनपुर जिल्ला क्षेत्र नं २ मा उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुस