कञ्चनपुर, माघ १७
कञ्चनपुरको कृष्णपुर नगरपालिका १निगालीमा रहेको विशाल सामुदायिक वनको बार्षिक साधारण सभा भएको छ । शनिबार एक कार्यक्तमका विच विशाल सामुदायिक वनको १८औँ बार्षिक साधारण सभा भएको हो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनका अध्यक्ष शुचित्र शाहले सामुदायिक वनबाट पर्यावरणदेखि समुदायको बृद्धि विकासका थुप्रै कार्यक्रम भएको बताए । अध्यक्ष शाहले आगामी दिनमा समेत सामुदायिक वनको दीगो विकास गर्दै उपभोक्ताहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन ।
कार्यालय सचिव सुरज महताले आर्थिक पतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनको विकासका लागि सबै क्षेत्रबाट हातेमालो, सहयोग समन्वय आवश्यक रहेको औल्याए । कार्यक्रमका प्रमुख आतिथि समेत रहेका कृष्णपुर नगरपालिका १का वडाध्यक्ष मोहन बस्नेतले सामुदायिक वनले पर्यावरण सरक्षणदेखिका समुदायमा गर्ने दायित्व निर्वाह गरेको र आगामी दिनमा समेत निर्वाहमा जोडदिएका छन । कार्यक्रममा जनप्रतिनिधी, वनका प्रतिनिधी, उपभोक्तादेखि सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

