कञ्चनपुर । केही राजावादी निकट युवा, राप्रपाका नेता कार्यकर्तादेखि स्थानीयहरुले छापामारशैलीमा पुर्व राजा महेन्द्रको सालिक राखेका छन ।

भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा गयमध्यरतमा छापामारशैलीमा महेन्द्रको सालिका राखेको फोटो, भिडियो सार्वजनिक भईरहेका छन ।

फागुन ३ गते शिबरात्रीका दिन राख्ने प्रचारप्रसार गरिएपछि मध्यरातमा राजाको सालिक राखेपछि स्वयम राप्रपादेखि सच्चा राजावादी असन्तुष्ट भएका छन ।

राजा सबैका साझा मध्यरातमा किन राख्नुप¥यो, सबै जनताको सर्मथनमा राख्ने विषय भएको भन्दै टिकाटिप्पणी गरिरहेका छन । चुनावकै मुखमा राजावादी दल, तिनका नेता कार्यकर्ताहरुले सालिक राखेपनि त्यसलाई विगतमा दोस्रो जनआन्दोलनले भत्काएको थियो । अहिले जबरजस्त राखिएको सालिकको भविष्यमाथि नागरिकले प्रशन उठान गरिरहेका छन । राप्रपा सहित राजावादीहरुले नराखेको दावि गरेपछि राप्रपा कञ्चनपुरले भने उक्त एजेण्डा राप्रपाकै भएको दावि गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुस