
किशोर तामाङ्ग, फागुन ३
कञ्चनपुर निर्वाचन क्षेत्र १मा चुनावी सरगर्मी बढिरहेको छ । उक्त क्षेत्रबाट १९ उम्मेदवार चुनावी मैदानमा छन । नेकपाबाट पुर्वमन्त्री बिना मगर, विप्लव माओवादीबाट पुर्व सांसद पुरन राना(थारु), पुर्व प्रदेशका मन्त्री एव निर्वतमान सांसद तारालामा तामाङ्ग, पहिलो पटक चुनावी मैदान टेकेका रास्वपा नेता जनक सिह धामी, काँग्रेस क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्याय सहितका १९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन । तर,बीना मगर, जनक सिह धामी, गोपी प्रशाद उपाध्याय र तारालामा तामाङ्कविच मात्रै कडा प्रतिस्पर्धा भईरहेका बेला पुर्व खानेपानीमन्त्री बीना मगरको पक्षमा जनलहर बढिरहेको छ ।
आफ्नै दल मात्रै होईन उनका लागि अन्य दलका नेता कार्यकर्ताहरु समेत खुलेयाम मत मागिरहेका छन । नेकपा एमाले निकट विद्यार्थी नेता हिमेश थापा महिला नेतृ बीना मगरको पक्षमा खुलेरै मत मागिरहेका छन ।
उक्त क्षेत्रबाट एमाले नेतृ कमला बोहराले टिकट पाएको पाटी उपमहासचिव लेखराज भट्टले सार्वजनिक रुपमै मिडियामा जानकारी गराएका थिए, एमाले महिलाको टिकट खोस्ने अपमान गर्ने पाटी भन्दै उतिबेला बिरोध भएको थियो । त्यस अघि ०७४मा पनि एमालेले १(ख)मा मर्यादा विष्टलाई टिकट दियो, लगत्तै खोसेर कुलबिर चौधरीलाई दियो, नेकपा एमाले फुटेपछि मन्त्रीका लागि नेकपा एकीकृत समाजवादीतिरै गएका कुलबिर फेरी एमालेमै फर्किए । तर मर्यादा विष्ट जहाँको तही पाटीका लागि सतिशाल भए जस्तै कमला बोहरा पनि टिकट खोसिएपनि एमालेतिरै छिन ।
महिलाको उत्थान गर्ने नेतृत्वमा पु¥याउने पाटीको हुर्कत दिदै आएको एमालेले दुई पटक महिलालाई टिकट दिने अनि खोस्ने अपमान गर्ने भन्दै क्षेत्रका एमाले मात्रै होईन अन्य पाटीका महिला समेत एमाले देखेर रुष्ट रहेका छन ।
एमालेमा महिला मात्रै होईन विद्यार्थी नेता पनि रुष्ट भएर खुलेयाम नेकपाकी नेत्रृ बिना मगरको पक्षमा मत मागिरहेका छन । अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य हिमेश थापाले आइतबार ३(फागुन) शिवरात्रीकै दिन बीना मगर जिताउन समाजिक सञ्जाल मार्फत खुला अपिल गरेका छन ।
थापाले क्षेत्रका जनतासंग स्वष्ट मिसन, भिजन, काम गर्ने क्षमता भएकी नेतृ बीना मगर जिताउन अपिल गरेका हुन । थापाले बिना मगर जिताउन यस्तो अपिल गरेका छन । कञ्चनपुर १ का सचेत नागरिकहरू हो ! , वर्षौँदेखि दोदा नदीको बाढीले हाम्रो पसिना, हाम्रो मेहनत, हाम्रो भविष्य बगाइरहेको छ। हरेक वर्ष डर, त्रास र क्षतिबाट गुज्रिनुपर्ने अवस्था अब सह्य छैन। अब केवल आश्वासन होइन ठोस कार्यान्वयन चाहिन्छ! दोदा नदी तटबन्धन कुनै सपना होइन, यो हाम्रो अधिकार हो। ७ अर्बको ठोस योजना, ५ वर्षभित्र कार्यान्वयन गर्ने स्पष्ट रोडम्यापका साथ नेत्री बिना मगर अगाडि बढनु भएको छ । दुबै किनारमा ८४ किलोमिटर पक्की बाटो निर्माण हुनेछ जसले सुरक्षा मात्र होइन, विकासको ढोका खोल्नेछ। कम्तीमा ५०० हेक्टर खेतीयोग्य जमिन जोगिनेछ, किसानको भविष्य सुरक्षित हुनेछ। हामी निर्माण गर्ने पुस्ता हौँ। जनताको सुरक्षा पहिलो प्राथमिकता हो।
समृद्ध कञ्चनपुर हाम्रो लक्ष्य हो।दोदा नदीको नयाँ पहिचान सुरक्षित बस्ती, सशक्त किसान, र द्रुत विकास! । अब निर्णय तपाईंको हातमा छ। बहाना गर्ने कि निर्माण गर्ने ?
डरमा बाँच्ने कि समृद्ध भविष्य रोज्ने? , आउनुहोस्, एकजुट भएर दोदा नदीलाई नियन्त्रणमा ल्याऔँ र कञ्चनपुरलाई विकासको नयाँ युगमा प्रवेश गराऔँ! यसको निम्ति तारा चुनाब चिन्ह मा मतदान गरेर बिना मगरलाई जिताऔ ।भन्दै मत माग्दै हिडेका छन । यसरी एमालेकै युवा विद्यार्थी नेता महिला नेतृ बीना मगरका लागि मत माग्दै हिडेपछि अन्य आम मतदाता बीना मगरप्रति थप विश्वस्त भईरहेका छन ।
प्रतिक्रिया दिनुस

