कञ्चनपुर । नेकपा एमाले कञ्चनपुर क्षेत्र २का उम्मेदबार बचन बहादुर सिहले प्रतिबद्धता पत्र ल्याएका छन ।

२१ फागुनमा हुने प्रतिनिधी सभा सदस्यका उम्मेदबार सिहले १सय २२ बुँदे प्रतिबद्धता पत्र ल्याएका हुन ।

एमाले युवा संघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका सिहले आफुले जिते क्षेत्रको दीगो विकासदेखिका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सिहले आइतबार झलारीमा पत्रकार सम्मेलन गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन ।

एमाले उम्मेदवार सिहले ल्याएको घोषणा पत्रमा सार्वजनिक सेवा र सुशासन पहिलो नम्बरमा राख्दै उच्च प्राथमिकतामा राखेका छन ।

एमाले युवा नेता सुरेन्द्र बहादुर बम आयोगले आरक्षपीडितको न्यायिक पुर्नस्थापनाका लागि प्रति परिवार १० कट्टा जमिनदेखि नभए ६०लाख रुपैया क्षतिपूर्ति राहत दिने प्रस्ताव जितेपछि कार्यान्वयन गरेर अघि बढाउने प्रतिज्ञा गरेका छन ।

शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालन, सडक पुल यातायात, आवास, धर्म, संस्कृति, पर्यावरण, युवा खेलकुद, सहकारी, महिला तथा बालबालिका, नदी नियन्त्रण, उद्योग, भुमि अधिकार, जनप्रतिनिधीको उत्तरदायी बहन गर्ने प्रतिबद्धता ल्याएका छन ।

सार्वजनिक कार्यालयमा डिजिटल गुनासो व्यवस्थापन प्रणालीका लागि ३÷३ महिनामा जनतासंग सम्वाद गर्ने, ६÷६महिनामा जनतासंग नियमित सम्वाद गर्ने, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका क्याम्पसहरुमा स्नाकोत्तर तह अध्ययनको व्यवस्था गर्ने, नगर अस्पताल निर्माण गर्दै १विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने, तीनै पालिकामा कोल्ड स्टोर स्थापना गर्ने, कृषियोग्य भूमिको खण्डिकर रोक्ने, पुर्वपश्चिम महेन्द्र राजमार्ग चारलेन सडक बनाउने, गरिब विपन्नलाई आवास दिलाउने, धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने, बहुपयोगी रंगशाला बनाउने, चौधरदेखि दोदा सबै नदीखोला नियन्त्रण गर्ने, सुरेन्द्र बम नेतृत्वको आरक्ष आयोगले आरक्षपीडितलाई कम्तिमा १०कट्टा जमिन र ६०लाख क्षतिपूर्ति दिलाउने, १०फागुन ०७७ सालमा तत्तकालिन प्रधानमन्त्री एव एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेको दैजी छेला औद्योगिक क्षेत्र विस्तार गरेर २२ हजारलाई रोजगारी दिने घोषणा गरेका छन ।

उम्मेदवार बचन बहादुर सिहले प्रतिबद्धता अनुरुप विगतका चुनाव जितेर जनतातिर नफर्किएका सांसदको जस्तो कहिल्यै क्षेत्र नफर्किने संस्कारको अन्त्य गर्ने दावि गरेका छन ।

‘यो प्रतिबद्धता पत्र मत माग्न, पाउनका लागि होईन, काम गर्नका लागि हो, ‘उनले भने, ‘काम गरिनेछ यसमा सबैले ढुक्क भए हुन्छ ।’

टिकटमा उत्पन्न विवाद बारे सिहले पाटीले समानुपातिक र प्रत्यक्ष तर्फ गरेको केन्द्रकै निर्णय अन्तिम भएकाले सबैले माग्दै आएको र मान्नुपर्ने बताए । एमाले समानुपातिक उम्मेदवार एव केन्द्रीय सदस्य कृपाराम रानानाले जनताको मुद्दा निरन्तर उठान गर्दै समाधानकै लागि उम्मेदवारले पहिल्यै प्रतिबद्धता पत्र ल्याएको बताए । एमाले निर्वाचन परिचालन क्षेत्र २का संयोजक अशोक कुमार चन्दले सुरेन्द्र बम नेतृत्वको आयोगले ल्याएको प्रस्ताव अनुरुप आरक्षपीडितको पुर्नस्थापना गरिने बताए । एमालेमा टिकट विवाद नरहेको दावि गर्दै उनले ०७४मा पनि शुक्लाफाँटा नगरमा स्थानीय पाटीले अर्कोलाई सिफारिस गरेपनि अन्तिममा केन्द्रबाट तुलसी हमाललाई दिएको जिकीर गरेका छन । पाटी एकढिक्का भएर उम्मेदवार जिताउने अभियानमा जुटेको नेता चन्दको दावि छ । चुनावी घोषणपत्रसंगै चुनावी प्रचारप्रसारमा थप खटिने जनाईएको छ ।

प्रतिक्रिया दिनुस