सुनिल राना  कञ्चनपुर, ४ फागुन

सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । मंगलबारदेखि महेन्द्रनगरमा सुप विश्वविद्यालयले ‘सम्पदा, नवप्रर्बद्धक र रुपान्तरण’ विषयमा अन्र्तराष्ट्रिय सम्मेलन हुन लागेको हो । सुदूरपश्चिम विश्विद्यालयका प्राडा.एव सम्मेलनका संयोजक किशनदत्त भट्टले सम्मेलनको तयारी पुरा भएको बताए ।

संयोजक भट्टले यस अघि सम्पन्न भएका दुई अन्र्तराष्ट्रिय सम्मेलनको सफलतासंगै तेस्रो पनि गर्न लागेको बताए । यस अघि सन ०२२, ०२५ र अहिले ०२६ मा तेस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको बताए ।

यस पटक पनि अन्र्तराष्ट्रिय सम्मेलन गरेर सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक स्तर बृद्धिमा टेवा पु¥याउने बताए । कार्यक्रममा संसारभरीका २३ देशका प्रोफ्रेसर, विज्ञ, अनुसन्धानकर्मीले तयार पारेका प्रतिवेदन प्रस्तुत गरिनेछन ।

‘यो सम्मेलन शैक्षिक क्षेत्रको अनुभव आदान प्रदान गर्ने थलोका रुपमा समेत रहेको छ, ‘उनले भने, ‘यस अघि सारेका दुई सम्मेलनले अनुभव लिएका छौँ ।’

कार्यक्रममा ८ मुख्य, २५ शव विषयबस्तुमा छलफल गरिनेछन । ‘हामीकहाँ सम्पर्कमा आएका ३सय रिसर्च पेपर मध्ये २सयजति रजिष्ट्रर भएका छन, उनीहरुले नै आ–आफ्नो अनुभवका विषयबस्तु प्रस्तुत गर्नेछन ।’

समाज, विज्ञान, ईन्जिनियरिङ्ग, कृषि, प्राकृतिक स्रोत साधन, स्वाथ्य, जनसंख्याकी, योजना, जलवायु परिर्वतन, व्यापार सहितका विषयमा घनिघुत छलफल हुनेछन ।

ईन्जिनियर संकायका डीन समेत रहेका प्राडा मंगलबारदेखि केन्द्रीय कार्यालयकै हलमा हुने सम्मेलनमा २३ देशका विभिन्न प्राज्ञिक अनुुसन्धान क्षेत्रमा कार्यरत रहेका प्राद्यापक, विज्ञहरुबाट आ–आफ्ना ज्ञान अनुभव आदान प्रदान हुने बताए । ‘यस कार्यक्रमबाट विश्वभरीको नेटवर्क विस्तार गर्न खोजिएको छ, ‘उनले भने, ‘सम्मेलनमा उठान हुने विषयले एक आपसमा ज्ञान आदान प्रदानले हामीलाई पनि नयाँ सिकाई हुनेछ ।’ कार्यक्रम संयोजक समेत रहेका भट्टले समाज, विज्ञान प्रविधी, कृषि, स्वास्थ्य, योजना नीति, शिक्षा, वातावरण, व्यवस्थापन सीप विकास सहितका विवित विषयमा प्रस्तुतीकरण हुनेछ ।

कार्यक्तमका सह संयोजक समेत रहेका प्राद्याध्यापक मदन सिह देउवाले विश्वविद्यालयलाई अनुसन्धान गर्ने मार्गका रुपमा समेत सम्मेलन लाभदायक हुने बताए । उनले विश्वभरीका विज्ञबाट हुने कार्यपत्र प्रंस्तुतीकरणमा सुपका विद्यार्थी, प्राध्याकहरुलाई समेत भावि दिनमा नयाँ विषयमा आईडिया आउने बताए ।

कार्यक्रम सहसंयोजक समेत रहेका सुप विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका उपप्राध्यापक डा. दिपकप्रकास भट्टले ज्ञान अनुभव आदान प्रदानका लागि सम्मेलन सार्थकता हुने बताए । भट्टले पहिलो र दोस्रो अन्र्तराष्ट्रिय सम्मेलनबाट आर्जन गरेका ज्ञान व्यवहारिक रुपमा कार्यान्वयन भएको बताए । उनले सम्मेलन ज्ञान आर्जन गरेर भावि दिनमा व्यवहारिक जिवनमा प्रयोग गर्ने थलोकै रुपमा लिईने बताउँदै अन्र्तराष्ट्रिय स्तरको सम्मेलनबाट सुपविश्वविद्यालय थप विश्वका अनुभव आदानप्रदान थलोलाई अवसरकै रुपमा अघि बढाउनुपर्ने बताए ।

बरिष्ठ लेखा अधिकृत अशोक भण्डारीले नेपाल मटेरियल सार्इैन्स सोसाईटी, विश्वविद्यालय अनुदान आयोग, स्वयम विश्वविद्यालयदेखिका अन्य सरकारी निकायको समन्वय, सहकार्यमा ३० लाख बजेटमा तीन दिने कार्यक्रम हुन लागेको छ । सम्मेलनको उद्दघाटन सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले गर्ने कार्यक्रममा सरोकारवाला सहभागि हुने सम्मेलन ७ फागुनसम्मै सम्मेलन उपलब्धीमुलक हुने दावि गरिएको छ ।

प्रतिक्रिया दिनुस