डिल्लीराज पन्त

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी ¥याली निकालेको छ । सोमबार रास्वाले भीमदत्त नगरपालिका क्षेत्रमा चुनावी ¥याली गर्ने पहिलो दल बनेको छ । रास्वपा कञ्चनपुरका जिल्ला सभापति पदम विष्टले निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेपछी भीमदत्त नगरmपालिका ११, १२ र १३का वडाहरुमा एकसाथ मोटरसाईकल ¥याली निकालेको बताए । सभापति विष्टका अनुसार रास्वपा क्षेत्र ३का उम्मेदवार ज्ञानेन्द्र सिह महता सहित नेता कार्यकर्ताहरुले घण्टीमा मत माग्दै ¥याली निकालेका हुन । उम्मेदवार सहित रास्वपाका नेता कार्यकर्ताहरुले ¥याली संगै कोण सभा गरेर क्षेत्रको विकास, परिर्वतनका लागि भन्दै पटक पटक अरुलाई यस पटक रास्वपालाई मत दिन अपिल गरेका छन ।

प्रतिक्रिया दिनुस