
कञ्चनपुर । मुलुक पञ्चायतकालदेखि गणतान्त्रिक युगमा आईपुग्दा कञ्चनपुरकी महिला नेतृ बीना मगर ८ बर्ष अघि नेपाल सरकारको पहिलो फुलमन्त्री बनेकी थिईन । तत्तकालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा खानेपानी मन्त्रीको जिम्मेबारी बहन गरेकी पुर्वमन्त्री मगर अहिले चुनावी मैदानमा होमिएकी छिन । पुर्वमन्त्री बीना मगर २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि फेरी कञ्चनपुर १बाट चुनावी मैदानमा होमिएकी हुन । त्यस अघि ०१५ सालमा भएको आम निर्वाचनमा काँग्रेसका संस्थापक विपि कोईराला नेतृत्वको क्याबिनेटमा सुदूरबाट ०१६सालतिर द्वारिकादेवी ठकुरानी सहायक मन्त्री भएकी थिईन् ।
त्यस यता हालसम्म सुदूरबाट महिलाबाट बिना मगर पहिलो फुलमन्त्री बनेकी थिईनन् । सुदूरपश्चिमले क्याबिनेटमा ५८ बर्षपछि महिला फुलमन्त्री बनाएको थियो । तत्तकालिन पञ्चदेखि, काँग्रेस, एमाले, राप्रपा सहितका ठुला दलले महिलालाई मन्त्री त परको कुरो टिकट समेत दिदैनन् । हार्ने अवस्थामा दिन्छनन्, जित्ने बेला दिदैनन् । परिर्वतनका लागि तत्तकालिन नेकपा माओवादीले थालेको जनयुद्धमा होमिएकी बिना मगर पुर्व विद्यार्थी नेता हुन । पहिलो पटक ०७०मा चुनावी मैदान टेकेकी बिनाले पराजित भईन ।
पहिलो प्रयासमा पराजित भएपछि दोस्रो प्रयास ०७४मा भएको निर्वाचनमा बिनालाई क्षेत्रका ४०हजार जनताले विश्वास गरेर मत दिएका थिए । त्यसपछि खानेपानीमन्त्री भएकी बिना मगरले ढल, सहितका खानेपानी पूर्वाधार विकासका कार्यक्रम ल्याएकी थिईन । ०७९मा पनि झण्डै २० हजार जनताले विश्वास गरेका थिए । बीना दोस्रो पटक सांसद बन्न क्षेत्र १ बाट चुनावी मैदानमा होमिएकी छिन । ०४२ बर्षिया बीना मगर फेरी क्षेत्रको दीगो विकास सम्बृद्धिका एजेण्डा अघि सार्दै चुनावी मैदानमा होमिएकी हुन ।
शुरुवातदेखि चुनावमा होमिएकी बीनाले धुवाँधुलो, हिलोमुक्त, नदीखोलामा पुलयुक्तदेखि जनताका आधारभूत समस्या समाधानका लागि चुनावी एजेण्डा बनाउँदै आएकी थिईन । संयोग ०६४मा सहकर्मी पुरन राना थारु जिताउने अभियानमा हिडेकी बिना अहिले विप्लव नेतृत्वको नेकपा माओवादी केन्द्रका पुर्व सांसद पुरन रानाथारु, ०७४मा सहकर्मी बनेका प्रदेश सभा सदस्य १(ख) र ०७९मा प्रतिस्पर्धी रहेका एमालेका तारालामा तामाङ्गसंगै दोस्रो पटक चुनावी मैदानमा होमिएकी छिन ।
बीना मगर क्षेत्र १कै पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गर्दै, पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक तहको शिक्षा पूरा गर्दै उच्च शिक्षाका लागि काठमाण्डौँ गएकी थिईन । बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेद देखेर बीना मगरमा विद्रोही स्वभाव विकास हुँने क्रममा ०५१ सालमा ११ वर्षको उमेरमै उनी जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गरेकी थिईन ।
मानिसका न्यूनतम जिवन जिउने आधार गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता न्यूनतम सुविधा समेत नपाएका कञ्चनपुरको दक्षिणी क्षेत्रका वस्तीहरूमा जनताका आवाज उठाउँदै हुर्किनुभएका बीना माध्यमिक तहमा अध्ययनरत गर्दा गर्दै माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिएकी थिईन । विद्यार्थी राजनीति गर्दा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्ष हुँदै ०५६ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्ष त्यसपछि राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं गएकी थिईन ।
काठमाडौंमा तत्कालीन अखिल (क्रान्तिकारी) मा आवद्ध हुँदै तत्तकालिन नेकपा (माओवादी) को पूर्णकालीन सदस्यको रूपमा काम गरेकी थिईन । बीना मगर काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा अत्यधिक मतले जितेकी थिईन । स्वस्ववियू जितेकी बिना ०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौंको जिल्ला अध्यक्षको जिम्मेबारी बहन गरिन । ग्रामिण दुरदराजबाट अध्ययनका लागि काठमाण्डौँ गएकी बिनाले अध्ययन, राजनीतिसंगै विश्वासका साथ काठमाण्डौँ विद्यार्थीको कमान सम्हालेकी थिईन ।
राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला ०६० सालमा बीना मगरलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार ग¥यो । वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म चरम यातना सहनु परेको थियो । सहयोद्धासँगै बेपत्ता पार्न जंगल लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछिसंयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल भईन । तत्तकालिन सेनाको बन्दुकबाट बाचेकी बिना मगर शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा बन्नुभयो । ०६४ सालको स्ववियू निर्वाचनमा बीना मगर सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा लोकप्रिय मतका साथ विजयी भएकी थिईन ।
उतिबेलै पाटीको केन्द्रीय सदस्यको जिम्मेबारीमा आएकी बिना मगरले २८चैत्र ०६४मा सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनले काठमाण्डौँ, कञ्चनपुर सहितका जिल्लाहरुमा आफैदेखि सहकर्मी खटाएर पाटीका उम्मेदवार जिताउन भूमिका निर्वाह गरेकी थिईन । पहिलो संविधान सभा सदस्य निर्वाचनबाट संविधान बन्न नसकेपछि फेरी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित भएपनि जनतासँग निरन्तर जोडिएर क्षेत्रको विकास निर्माणदेखि जनताका हरेक समस्यामा सक्रियता कायमै राखिन् ।
यही सक्रियता र जनताप्रतिको समपर्णकै कारण ०७४मा आफ्ना प्रतिस्पर्धी तत्तकालिन काँग्रेसका दिवान विष्टलाई दोब्बर मतले हराउँदै पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचित भएर मन्त्री बनिन् । उतिबेला देशैभरिबाट माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने महिला बन्न ईतिहास रचिन । सुदूरबाटै पहिलो पटक फुल खानेपानीमन्त्री बनेकी बीना मगर ५पुष ०७७मा तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसगै मन्त्रीको कार्यकारी अधुरै रहेपछि अपेक्षा अनुरुप काम गर्न सकेनन् । त्यसपछि तेस्रो प्रयासमा पनि ०७९मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा पराजित भईन ।
तीन पटक चुनाव लडेर दुई पटक पराजित भएकी मगर फेरी चौथो पटक चुनावी मैदानमा होमिएकी छिन । फेरीपनि जनताको आँशु पुस्ने भन्दै चुनावी मैदानमा होमिएकी हुन । नेकपा केन्द्रीय सदस्य समेत रहेकी बीना मगर प्रदेशको गौरब, ईतिहासदेखि महिला आम जनताको आशाको किरण भन्दै उनका पक्षमा जनलहर बढिरहेको छ । पञ्चायत कालमा तत्तकालिन प्रधानमञ्चहरु लबरु राना, पदम ठगुराठी, ईन्द्र बहादुर केसीपछि बहुदल पुर्नस्थापनादेखि हाल गणतान्त्रिक युगसम्म कञ्चनपुर १बाट ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका राम कुमार ज्ञवाली, ०५६ मा काँग्रेसका तारणदत्त चटौत, ०६४मा नेकपा माओवादीका पुरन रानाथारु, ०७०मा काँग्रेसका दिवान सिह विष्ट, ०७४मा नेकपा माओवादी, हाल नेकपा उम्मेदवार बीना मगर र ०७९मा एमालेका तारालामा तामाङ्कले जितेका थिए । क्षेत्र १मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता रहेका छन । भने, ३२ वडा रहेको क्षेत्र १मा ५२मतदान स्थलमा १२२ मतदान केन्द्र रहेका छन ।

