कञ्चनपुर, फागुन ८

वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपालले कञ्चनपुरको दोधाराचाँदनीमा निर्वाचन प्रशन र जनसम्वाद कार्यक्रम गरेको छ ।

पाटी केन्द्रीय कार्यक्रमम अनुरुप दोधाराचाँदनीमा निर्वाचन प्रशन र जनसम्वाद कार्यक्रम गरेको हो । निर्वाचन बहिस्कारमा रहेको उक्त पाटीले गत २ शनिबार फागुनज ६गतेखि निर्वाचन प्रशन र राष्ट्रिय जनसम्वाद अभियान कार्यक्रम सचालन गरेको जनाएको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपालका केन्द्रीय सचिवालय सदस्य महिला नेतृ बुद्धलक्ष्मी महर्जनले २१ फागुनमा हुने निर्वाचनको औचित्य बारे जनतासंग सम्वाद गरेको बताईन ।

उनले चुनावै चुनाव भन्दा पनि चुनावले केही देशलाई निकास दिने वा नदिने बारे जनता स्वयम सचेत गराउने देशव्यापी पाटीले अभियान थालेको बताईन । कार्यक्रममा केन्द्रीय सदस्य भुवन सेन्चुरी, प्रदेश संयोजक श्याम कुँवर, कञ्चनपुर सचिव गोर्खे दमाई(गौरब) सहितले चुनावका विषयमा नागरिकसंग सम्वाद गरेका थिए ।

प्रतिक्रिया दिनुस