केशव थापा

नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार भीमदत्त नगरपालिका २उल्टाखाम र १९बागफाँटा पुग्दा जनताले साथ दिने विश्वास दिलाएका छन ।

पालिका, प्रदेशमा चुनाव जितेर पनि जनताको सेवामा जनतासंगै अहोरात्र खटिने ईमानता जनताका सेवक सुनारलाई उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास दिएका हुन । अरुले ०४८ देखि ०७९ सम्म चुनाव जिते तर क्षेत्र नफर्किएको गुनासो पोख्दै जनताले ०७४मा मान बहादुर सुनार र प्रकास रावलले चुनाव जितेर गएपछि जनताको आँगन टेकेर समस्या बुझेको भन्दै सहयोगको लागि तयार रहेको बताएका थिए । नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र राज विष्टले पाटीका उम्मेदवार मान बहादुर सुनार, नेता प्रकास रावल गाँउबस्तीमा पुग्दा जनताले अधाग स्नेश माया, सर्मपण देखाएको बताए । ‘हामी मत माग्दै गाँउबस्तीमा पुगेका थिए, ‘नेकपा युवा नेता विष्टले भने, ‘हाम्रा उम्मेदवार मान बहादुर सुनार र ०७४ र ०७९मा प्रदेश सभा जितेर क्षेत्रको विकासमा खटिएका नेता प्रकास रावल देखेर जनता आफै आएर मत दिने घोषणा गरे ।’ नेकपा नेता रावल र सुनारले पहिलो पटक ०७४मा प्रदेश सभा जितेर प्रदेशका मन्त्री भएपछि आ–आफ्नो क्षेत्रको विकास गरेपछि जनता उनीहरु दुवै नेताप्रति झन विश्वस्त भएको पाईएको नेकपा नेता विष्टले बताए । नेता विष्टले पछिल्ला दिनहरुमा नेकपाप्रति क्षेत्र ३ सहित कञ्चनपुर, सिङ्गो सुदूरपश्चिमदेखि देशमै जनलहर बढिरहेको बताए । नेकपा नेतृत्वको तीनै तहका सरकारले सुशासन, दीगो विकासका लागि गरेको कामकाजलाई जनताले मुल्याङकन गरेको बताए ।

प्रतिक्रिया दिनुस