आदित्य जोशी  फागुन ९

नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार मान बहादुर सुनार घरदैलोमा निस्किएका छन । नेकपा क्षेत्र ३का उम्मेदवार सुनारले क्षेत्रका जनतासंग समस्या समाधानदेखि विकासको प्रतिबद्धता जाहेर गरिरहेका हुन ।

नेकपा उम्मेदवार सुनारले भीमदत्त नगरपालिका १९बागफाँटा, खैरभट्टी, गोबरैया, मझगाँउ, पिपरैयासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट जंगली जनावरबाट भईरहेको आतङ्क रोक्ने योजना ल्याउने प्रतिबद्धता जाहेर गरेका छन । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने सानादेखि ठुला बन्यजन्तुले किसानको अन्नबाली, भौतिक सरचनादेखि मानिसमाथि नै आक्र्रमण गरिरहेका घटना थुप्रैछन, ‘उनले भने, ‘क्षेत्रको दक्षिणी क्षेत्र भीमदत्तको बागफाँटा पिपरैयादेखि दोधाराचाँदनीसम्मै ठुलो क्षति गरेको छ, अब यसको दीर्घकालिन योजना अघि सारेर समाधान गर्नुपर्छ ।’ सुनारले ०७४मा प्रदेश सभा सदस्य जितेर मन्त्रीको जिम्मेबारीमा आएपछि क्षेत्रको बृद्धि विकासका लागि गरेको कामको जनताले मुल्याङ्गन गरेको बताउँदै अहिले पनि आशावादी भएको बताए । सुनार जिताउने अभियानमा खटिएका नेकपा नेता प्रकास रावलले विगतमा प्रदेश सभा सदस्यदेखि मन्त्रीको जिम्मेबारी पाएपछि क्षेत्रका लागि गरेको कामको जनताले आशा जगाएको बताए । पालिका, प्रदेशमा चुनाव जितेर पनि जनताको सेवामा जनतासंगै अहोरात्र खटिने ईमानता जनताका सेवक सुनारलाई उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास दिएका हुन । अरुले ०४८ देखि ०७९ सम्म चुनाव जिते तर क्षेत्र नफर्किएको गुनासो पोख्दै जनताले ०७४मा मान बहादुर सुनार र प्रकास रावलले चुनाव जितेर गएपछि जनताको आँगन टेकेर समस्या बुझेको भन्दै सहयोगको लागि तयार रहेको बताएका थिए । नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र राज विष्टले पाटीका उम्मेदवार मान बहादुर सुनार, नेता प्रकास रावल गाँउबस्तीमा पुग्दा जनताले अधाग स्नेश माया, सर्मपण देखाएको बताए । ‘हामी मत माग्दै गाँउबस्तीमा पुगेका थिए, ‘नेकपा युवा नेता विष्टले भने, ‘हाम्रा उम्मेदवार मान बहादुर सुनार र ०७४ र ०७९मा प्रदेश सभा जितेर क्षेत्रको विकासमा खटिएका नेता प्रकास रावल देखेर जनता आफै आएर मत दिने घोषणा गरे ।’ नेकपा नेता रावल र सुनारले पहिलो पटक ०७४मा प्रदेश सभा जितेर प्रदेशका मन्त्री भएपछि आ–आफ्नो क्षेत्रको विकास गरेपछि जनता उनीहरु दुवै नेताप्रति झन विश्वस्त भएको पाईएको नेकपा नेता विष्टले बताए । नेता विष्टले पछिल्ला दिनहरुमा नेकपाप्रति क्षेत्र ३ सहित कञ्चनपुर, सिङ्गो सुदूरपश्चिमदेखि देशमै जनलहर बढिरहेको बताए । नेकपा नेतृत्वको तीनै तहका सरकारले सुशासन, दीगो विकासका लागि गरेको कामकाजलाई जनताले मुल्याङकन गरेको बताए ।

प्रतिक्रिया दिनुस