कञ्चनपुर । आशन्न २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्यको निर्वाचनको कञ्चनपुरमा तयारी तिव्र रुपमा अघि बढाईएको छ । मतदान आउन तीन दिन बाँकी रहदा जिल्लामा निर्वाचनको तयारी तिव्र रुपमा अघि बढाईएको हो ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले कर्मचारीहरु मतदान समाग्री सहित स्थलहरुमा गईरहेको बताए । ‘जिल्लाका तीनै निर्वाचन अधिकृतका कार्यालयबाट मतदान अधिकृत,सहितका कर्मचारीले समाग्री बुझेर लैजानेक्रम जारी छ, ‘मुख्य निर्वाचन अधिकृत भण्डारीले भने, ‘सम्बन्धीत मतदान केन्द्रमा आजै वा भोलीसम्म पुगेर त्यहाँ पनि आवश्यक सबै तयारी अघि गर्नेछन ।’ यस अघि तीनै निर्वाचन क्षेत्रमा खटिने, मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई तालिम एव अभिमुखिकरण समेत गराईएको थियो ।

तीनै निर्वाचन क्षेत्रका २अस्थायी सहित ३सय ६२मतदान केन्द्रमा खटिने ७सय २४मतदान अधिकृतलाई अभिमुखिकरण एव तालिम लिईएको थियो । तीनै निर्वाचन क्षेत्रमा मतदान समाग्री पठाए लगत्तै मत गणना सहितका आवश्यक सुरक्षा तयारी अघि बढाईने जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी हरिशचन्द्र जोशीले तीनै निर्वाचन क्षेत्रमा खटिने कर्मचारीलाई तालिम दिएसंगै उनीहरुलाई निर्वाचन समाग्री सहित १८ फागुनमा आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर कामकाज गर्ने गरेर तयारी अघि बढाएको बताए ।

जिल्ला निर्वाचन अधिकारी जोशीले भीमदत्त नगरपालिका र जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । ३सय ६२मतदान केन्द्रमा २हजार ८सय ९६ हाराहारी कर्मचारी खटिनेछन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक बहादुर खत्रीले निर्वाचन लक्षित गरेर सुरक्षा गस्तीदेखिका आवश्यक सबै तयारी पुरा भएको बताए । एसपी खत्रीका अनुसार एकीकृत निर्वाचन सुरक्षा रणनीति अनुरुप चारै सुरक्षा निकाय सबै निर्वाचन क्षेत्र, निर्वाचन स्थलदेखिका आवश्यक सबै स्थानमा खटिएको बताए । एसपी खत्रीले संयुक्त तथा एकल गस्ती सहितका निर्वाचन सुरक्षाका कार्यक्रम अघि बढाईएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले निर्वाचनको पूर्ण सुरक्षा ग्यारेन्टी भएको बताउँदै, निर्वाचनमा खटिने कर्मचारीले आयोगले तोके अनुरुप जिम्मेबारी निर्वाह गर्न निर्देशन दिएका छन । १ तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३ सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २ सय ४८ महिला मतदाता बढी रहेका छन ।

प्रतिक्रिया दिनुस