केशव थापा , कञ्चनपुर, फागुन २१
कञ्चनपुरमा ५८.८ प्रतिशत मतदान भएको छ । प्रतिनिधी सभा सदस्य चयनका लागि २१फागुन(बिहीबार) सम्पन्न भएको मतदान अनुरुप जिल्लामा ५८.८प्रतिशत मतदान भएको हो ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले तीनै निर्वाचन क्षेत्र जिल्लामा ५८.६३ प्रतिशत मतदान भएको बताए । अस्थायी सहित गरेर कुल ३लाख, १७हजार, ६२३मतदाता मध्ये १लाख, ८४ हजार, ४सय ९७मतदाताले मतदान गरेका छन । १लाख, २हजार ५३४महिला र ८१हजार, ९६३पुरुषले मतदान गरेका हुन ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार क्षेत्र १ मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता मध्ये ३३हजार ४०३ पुरुष, २७ हजार ७६१महिला गरेर कुल ६१हजार ७४अर्थात ५९.७९प्रतिशतले मतदान गरेका छन ।
क्षेत्र २मा १तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४मतदाता मध्ये ३६ हजार ३८७ महिला र २८ हजार ४८४पुरुष गरेर ६४ हजार, ८सय ८१ अर्थात ५९.४८ प्रतिशतले मतदान गरेका छन । क्षेत्र ३मा ५०हजार ४८७पुरुष, ५२ हजार, ६सय महिला गरेर १लाख ३ हजार, ८७मतदाता मध्ये ३२ हजार ७३० महिला र २५ हजार ६३१पुरुष गरेर कुल ५८हजार ३६१ अर्थात ५८.६४ले मतदान गरेका छन । कुल ३ हजार ३७१अस्थायी मतदाता मध्ये १५ महिला, १६६ पुरुष गरेर १सय ८१अर्थात ५.४३ले मतदान गरेका छन ।
सय क्रम दुई मतदाताले मतदान
कञ्चनपुर निर्वाचन क्षेत्र २मा सय क्रस दुई मतदाताले मतदान गरेका छन । बेदकोट नगरपालिका ३दैजीका १०७ बर्षिया गोपाल सिह र शुक्लाफाँटा नगरपालिका १बन्साहकी १०६बर्षिया लक्ष्मीदेवी अवस्थीले मतदान गरेका हुन । सिहले शारदा मावि दैजी र अवस्थीले कृष्ण आधारभूत मतदान केन्द्रमा मतदान गरेकी हुन । सिह र अवस्थीले ०४९द्येखि ०८२सम्मै मतदान गर्दै आएका छन ।
जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट मतपेटिका ढुवानी सकिए लगत्तै मतगणना हुने जनाईएको छ । क्षेत्र १को बेलौरी, २को झलारी र ३को महेन्द्रनगरमा मतगणना हुनेछ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले सामुहिक कार्यदेखि सरोकारवाला सबै निकायको सकारात्मक भूमिका निर्वाहले जिल्लाभर शान्तिपूर्ण उत्साहजनक रुपमा मतदान सम्पन्न भएको बताए । प्रजिअ कोईरालाले निर्वाचन आयोगको लक्ष्य अनुरुप पनि जिल्लामा मत गणना शिघ्र शुरु हुनेछ ।
२१ कैदीबन्दीले पनि गरे मतदान
कञ्चनपुरका कैदीबन्दीले पनि मतदान गरेका छन ।कञ्चनपुर कारागारा कार्यालयका मतदान अधिकृत तारा प्रशाद शर्माले कारागारमा राखिएको अस्थायी मतदान केन्द्रबाट २१ कैदीबन्दी, ६ कर्मचरी गरेर २७ले मतदान गरेको बताए । यस्तै भीमदत्त नगरको अस्थायी मतदान केन्द्रबाट १सय ८१ले मतदान गरेका छन ।
जिल्लाको सबैभन्दा बढी मतदाता रहेको भीमदत्त नगरपालिका १८कटान स्थित महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)मा ५३.६ प्रतिशत मतदात भएको छ । महेन्द्रनगर माविमा १०हजार ३२८मतदाता मध्ये ५ हजार ४८१मतदाताले मतदान गरेका छन । रहेका छन । जिल्लाभरीकै कुल मतदाता मध्ये ३.२८ र क्षेत्र ३का कुल मतदाता मध्ये १० प्रतिशत एकै मतदान स्थलमा रहेका छन । जहाँ ११ मतदान केन्द्र रहेका थिए । कञ्चनपुरका ३सिटका लागि दल सहित स्वतन्त्र गरेर ५५उम्मेदवार चुनाव लडेका थिए । जिल्लाका मतदाताहरुले अब स्थायी सरकारदेखि जनप्रतिनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने, अब ५ बर्षमै चुनाव हुनुपर्ने धारणा अघि सार्दै आएका थिए । जिल्लाभर दुई अस्थायी सहित १सय ३४मतदान स्थलमा ३सय ६२केन्द्रमा मतदान गरिएको थियो ।
यसैविच कञ्चनपुरमा १८ बर्षमा निरन्तर मतदाता संख्या समेत बृद्धि भईरहेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर एव उतिबेला विभिन्न सचार माध्यममा प्रकासित भएको तथ्याङ्क अनुसार ०६४ सालमा ९७ हजार ४४२ महिला र ८६ हजार ८७७ पुरुष गरेर कुल १ लाख, ८४ हजार ३१९ मतदाता थिए । उतिबेला १० हजार ५२ महिला बढी मतदाता रहेका थिए । उतिबेला ९८हजार, ७३९मतदानमा सहभागि भएका थिए, भने ८५हजार ५८०मतदानमा सहभागि भएनन । ०७०मा ९४ हजार, ९सय २३ महिला र ८८हजार, १सय ४६पुरुष गरेर १ लाख, ८३ हजार, ६९ मतदाता रहेका थिए ।
जसमध्ये ६हजार ७सय ७७ बढी महिला मतदाता थिए । १लाख, ५२ हजार, ९ मतदानले मतदान गरे भने, ३१ हजार, ०७०ले मतदानमा सहभागि भएनन । ०७४ सालमा १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष सहित जम्मा २ लाख, ६४ हजार ९७५ मतदाता थिए । पुरुष भन्दा ७ हजार ९२८ बढि महिला मतदाता रहेका थिए । १ लाख, ८३ हजार ६६८ ले मतदानमा सहभागि थिए । ८१हजार ३०७ले मतदान नै गरेनन् ।
०७९ सालमा ३ लाख, २ हजार, ५०९ थिए जसमध्ये १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार, ८४६ पुरुष र १ लाख, ५५ हजार, ६६२ महिला मतदाता रहेका छन । ०७९मा ८ हजार, ८सय १६ महिला बढी मतदाता रहेका थिए । १ लाख, ८६ हजार ३२२ ले मतदान गरे, १ लाख, १६ हजार, १८७मतदाताले मतदान गरेनन ।
०८२मा आईपुग्दा ३लाख, १४ हजार, ३८५ पुगेको छ । १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन । यस पटक कतिले मतदान गर्दछ भन्ने नागरिक जिज्ञासा जागेको छ । ०८४मा हुने निर्वाचन ०८२मै हुँदा नागरिक तहसम्मै उच्च उत्साह नभएकाले कतै कम मतदान हुने प्रक्षेपण गरिएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षाका प्रमुखदेखि निर्वाचन अनुगन अधिकारीद्वारा विभिन्न मतदान स्थलको समेत अनुगमन गरिएको छ। यस पटकको निर्वाचनमा पनि ४१.२ प्रतिशत मतदाताले मतदान गरेका छैनन । आगामी निर्वाचनमा मतदान प्रतिशत बृद्धि गर्नुपर्नेमा जोडदिईएको छ ।

