सुनिल राना
कञ्चनपुर, २२फागुन
कञ्चनपुर निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार दिपकराज बोहराले ५ हजार बढी मतको अन्तरले अग्रता कायम राखेका छन ।
रास्वपाका बोहराले नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदलाई ५ हजार ९२मतको अन्तरले पछाउँदै अग्रता कायमै राखेका हुन । शुक्रबार दिउँसो २ बजेसम्मको मत गणना अनुरुप बोहराले ७ हजार ३७२ , काँग्रेसका साउदले २ हजार २८०, नेकपाका माधव पन्तले १हजार ४०९, एमालेका बचन बहादुर सिहले १ हजार, २सय १२मत ल्याएका छन । क्षेत्र २कृष्णपुर ५, ६, ७, ८ र ९को मत गणना सम्पन्न भएको हो, जहाँ काँग्रेस, एमाले, नेकपाकै पकट क्षेत्र मानिन्छ । पहिलो पटक चुनावी मैदान टेकेका पुर्व संचारकर्मी क्षेत्र २मा यही अनुपातमा मत आए जितको दौडमा रहेको अनुमान गरिएको छ । २मा १तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४मतदाता मध्ये ३६ हजार ३८७ महिला र २८ हजार ४८४पुरुष गरेर ६४ हजार, ८सय ८१ अर्थात ५९.४८ प्रतिशतले मतदान गरेका छन । मत गणना जारी राखिएको छ ।

